काठमाडौ । कराँतेकी अनु अधिकारीले १३ औ‌ं सागको पहिलो दिन ५० केजी तौल समूहमा स्वर्ण जितिन्। त्यो पनि विपक्षीलाई १ अंक नदिई। अनुले फाइनलमा श्रीलंकाकी डन टुउलुलाई ८–० हराउँदै नकआउट पारिदिइन्। ५० केजी तौल समूहमा प्रतिष्पर्धा गरेकी अनुले सेमिफाइनलमा समेत बंगलादेशका खेलाडीलाई ८–० ले नकआउट गरिन्।

अर्थात् उनी विरूद्ध दुवै देशका खेलाडीले अंक जोड्न सकेनन्। त्यसो त सन् २०१६ मा भएको १२ औै सागमा भारतले कराँते खेल समावेश नगरेपछि अनु खेल्नबाट बञ्चित भएकी थिइन्। ११ औँ सागमा रजत जितेकी अनुलाई स्वर्णको तिर्खाले काकाकुल बनाएको थियो। कराँतेको फा इट ३ मिनेटको हुन्छ, एक सकेण्डमा खेल पल्टिन सक्छ ।

स्वर्ण जितेपछि अनुले कुराकानीमा भनिन्, ‘मैले विपक्षीलाई कमजोर आकिन र एक सेकेण्ड पनि फोकस आउट भइन।’ सागका लागि आफूले जमेर तयारी गरेको अनु बताउँछिन्। महिना वारी हुँदा समेत प्रशिक्षण छोडेकी थिइन,’ अनुले गर्वसाथ सुनाइन्, ‘घाउ चो ट लाग्दा पनि अनुशासित भएर प्रशिक्षणमा जुटेँ। त्यसैले मैले जीत हात पारेँ।

अनुलाई जीत भन्दा ठूलो खुसी भने विपक्षीलाई अंक जोड्न नदिदाँ लागेको रहेछ । नकआउट ०–८, ०(८ स्कोर आयो’, अनुले खुसी हुदैँ भनिन्,’त्यो पनि निर्धारित समय भन्दा अगाडि खेल सकियो।’ आफू अब ओलम्पिकका लागि तयारीमा जुट्ने अनु बताउँछिन्। सन् २०२० मा हुने ओलम्पिकका लागि स्कलरसिपमा छनौट भएकी छु ।

अनुले भनिन्, ‘त्यसको लागि म अझै मिहिनेत गर्छु। ओलम्पिकमा कसरी पर्ने भनेर तयारी गरिरहेकी छु।’ आफूले शत प्रतिशत दिँदा खेलको नतिजा नै फरक पर्ने अनुको अनुभव छ। ‘जित्नुपर्छ भनेर खेलेँ र जितेँ,’ अनु भन्छिन्, ‘अब म कुनै होटलमा गएर रमाइलो गर्छु।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु