काठमाडौं । नेपालगन्ज विमानस्थलमा जहाजसँग जंगली जनावर बँदेल ठोक्किएको छ । काठमाडौंबाट नेपालगन्ज ल्यान्ड हुँदै गरेको बुद्ध एयरको जहाजसँग बँदेल ठोक्किएको हो। जहाज ल्यान्ड हुने क्रममा पछाडिको चक्कामा बँदेल ठोक्किएको बुद्ध एयरका नेपालगन्ज प्रमुख विनित शाहले बताए ।

File Photo

जहाजमा ठोक्किएको बँदेलको मृत्यु भएको छ। जहाज र यात्रुलाई कुनै क्षति नभएको शाहले जानकारी दिए । मंगलबार साँझ ६ः२५ बजे बुद्ध एयरको जहाज नेपालगन्जमा ल्यान्ड हुँदै थियो। त्यही बेलामा नजिकको झाडीबाट बँदेल दौडेर रनवेतिर आएपछि जहाजको पछाडिको चक्कामा ठोकिएको थियो।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

नेपालगन्ज विमानस्थलको आसपासमा झाडी बढेको छ। धावन मार्ग छेउमा रहेका झाडीबाट बेलाबेलामा बँदेल, दुम्सी र स्याल देखिने गरेका छन् । यस भन्दा पहिले पनि चरा, कुकुर लगायतका जनवारहरु कुदेका खबरहरु आउँने गरेका थिए । यो समाचार नेपाल समाचारपत्रमा छ ।

सम्बन्धित खबरहरु