काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्र्तगतका खेलहरुमा नेपाल विश्वभरी नै चम्किएको छ । नेपाली खेलाडीहरुले असाधारण नतिजा र रेकर्ड राखिरहेका छन् । सागको क्रिकेटतर्फको दोस्रो खेलमा भुटानविरुद्ध टीम नेपालका कप्तान ज्ञानेन्द्र मल्ल शतक पुरा गरेका छन् । पारस खड्काले अर्धशतक पूरा गरेका छन् ।

त्रिवि मैदान कीर्तिपुरमा जारी खेलमा पूर्व कप्तान खड्काले २८ बलमा ५७ रन जोडेर आउट भए । एक छक्का र नौ चौका प्रहार गरेका खड्कालाई बिके दोर्जीको बलमा जे सिंगेले क्याच आउट गरे ।

कप्तान मल्लले ५५ बलमा १०७ रन जोडेर सबैलाई चकित बनाए । उनले ९ छक्का र पाँच चौका प्रहार गरेर आउट भए । १८ ओभर सकिदा नेपालले ३ विकेटको क्षतिमा २१९ रन जोडेको छ । ६ बलमा ६ रन जोडेर रोहित पौडेल आउट भएका छन् । डिएस ऐरी १९ बलमा ३२ रन जोडेर नटआउट छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु