काठमाडौ । राजधानीमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत उसु खेलमा नेपालकी निमा घर्ती मगरले स्वर्णपदक जित्नुभएको छ । लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा आज भएको उसुअन्र्गत थाउलोको महिला नान्दोमा उहाँले कूल १८.९१ अङ्क जोड्दै स्वर्णपदक जित्नुभएको हो । निमा उसुमा लगातार दुई स्वर्ण जित्ने पहिलो खेलाडी बन्नुभयो । यो किर्तिमान निमासँग सुरक्षित बन्यो ।

सन् २०१६ मा भारतमा भएको १२ औँ सागमा पनि निमाले नेपाललाई स्वर्णपदक दिलाउनुभएको थियो । सोही स्पर्धामा बङ्गलादेशले रजत जित्दा श्रीलङ्काले कास्यपदक हात पा¥यो ।

त्यस्तै महिला उसुको थाउलो ताइजिनमा नेपालकी मीना ग्लानले रजत जित्नुभयो । सो स्पर्धामा श्रीलङ्काले स्वर्ण जित्यो भने बङ्गलादेशले कास्यपदक पायो । उसुको पुरुष थाउलो गुन्सुतर्फ नेपालका विश्व बुढा मगरले रजतपदक हात पार्नुभयो । यस स्पर्धामा भारतले स्वर्ण तथा बङ्गलादेशले कास्य पदक जित्यो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु