काठमाडौ । लामो समयदेखि पोखरामा रहेर शिक्षण पेशासँगै पुतली संग्रह गर्दै आएका बेलायती नागरिक कलिन फिलिप स्मिथलाई नेपाल सरकारले सम्मानार्थ नेपाली नागरिकता प्रदान गरेको छ । स्मिथलाई कात्तिक २९ गते बसेको मन्त्रीपरिषदको निर्णय अनुसार नागरिकता प्रदान गरेको हो ।

नेपालको संविधानको धारा ११ को उपधार ९ नेपाल नागरिकता ऐन २०६३ को दफा ६ र नेपाल नागरिकता नियमावली २०६३ को नियम ८ को उपनियम ५ बमोजिम नागरिकता प्रदान गरिएको गण्डकी प्रदेशका संघीय मामिला तथा योजनामन्त्री किरण गुरुङले बताए ।

स्मिथले नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउनेछन् । उनी एक्लैले पृथ्वी नारायण क्याम्पसमा ६६० थरिका पुतलीमा ५५० थरिका पुतली संग्राहलयमा राखेका छन् ।

नेपाली नागरिकता प्राप्त गरेपछि आफु धेरै खुसी भएको बताउँदै स्मिथले अबको सोचाई के छ भन्ने पत्रकारको प्रश्नमा कलिनले अव आफु स्वर्गमा गएर गीत गाउने रसिक जवाफ दिएका थिए । नेपाल राष्ट्रप्रति विशेष योगदान दिने विशिष्ठ ब्यक्तीहरुलाई मात्रै सरकारले सम्मानार्थ नेपाली नागरिकता प्रदान गर्ने गर्दछ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु