काठमाडौ । नेपालीमा एउटा ‘मर्ने बेलामा हरियो कांक्रो’ उखान छ । अर्थात जीवनको अन्तिम समयमा आएर लिइने फैसला जसको असर गम्भीर हुन्छ । यसैलाई यो उखान भनिएको हो । यहाँ एउटा घटना यस्तै भएको छ । ८२ वर्षीय वृद्धले सम्बन्ध विच्छेद गर्नुभयो भन्ने कुरा के तपाई विश्वास गर्न सक्नुहुन्छ ?

 

तर जिल्ला अदालत अर्घाखाँचीमा बुधबार ८२ वर्षीय वृद्धले सम्बन्ध विच्छेद गर्नुभएको छ । भुमिकास्थान नगरपालिका ७ नुवाकोट कवेली पोखरा निवासी ८२ वर्षीय ईश्वरीप्रसाद खनालले आफ्नी ५३ वर्षीय श्रीमती कमला खनालसँग डिर्भोस गर्नुभएको हो । खनालले २०५६ सालको असार १७ गते हालको पाणिनि गाउँपालिका साविकको पाली गाविस निवासी कमला आचार्यसँग दोस्रो विवाह गर्नुभएको थियो ।

पहिलेकी श्रीमतीबाट छोरा नभएको भन्दै उहाँले दोस्रो श्रीमती कमलासँग विवाह गर्नुभयो । झण्डै दुई वर्षसम्म सन्तान नजन्मेपछि उनी माइतैमा बस्दै थिइन् । भण्डैं १८ वर्षपछि ईश्वरीप्रसाद र कमलाको सम्बन्ध विच्छेद भएको छ । लामो समयसम्म सँगै नबसेका दिदी भिनाजुलाई पछिका कार्य गर्न सजिलो होस् भनेर सम्बन्ध विच्छेद गरेको कमलाकी बहिनी विमलाले खुलासा गरिन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु