काठमाडौं । पौडीबाजको रुपमा चिनिएकी गौरिका सिंहले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा दोस्रो स्वर्ण जितेकी छन् । शुक्रबार २०० मिटर ब्याकस्ट्रोकमापनि उनले स्वर्ण जितेकी हुन् । उनले निर्धारित दुरी २ मिनेट १७.७७ सेकेण्डमा पूरा गरिन् । सागमा उनको यो दोस्रो स्वर्ण हो । यो स्पर्धामा भारतीय खेलाडीले रजत र श्रीलंकन खेलाडीले कास्य पदक जिते ।

यसअघि गौरिका सिंहले २ सय मिटर फ्रि–स्टाइल विधामा नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन् । सातदोबाटोको हिटिङ स्विमिङ पुलमा गौरिकाले २.०५.०६ समयमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन । २ सय मिटरमा भारतकी सिभांगी शर्माले रजत पदक हात पार्दा बंगलादेशी जुनायन अहम्मेदले कास्य पदक जितन् । यस्तै २ सय मिटर महिला ब्रेसस्टोक नेपालकी दुवाना लामाले नेपालका लागि रजत पदक हात पार्दा भारतकी अपेक्षा दिलेला स्वर्ण र श्रीलंकाकी रामुदी नुलाराले कास्य पदक हात पारिन् ।

बिहीबारै पुरुष २ सय मिटर फ्रि–स्टाइलमा श्रीलंकाका म्याथु डुनकानले स्वर्ण पदक जिते । सोही स्पर्धामा भारतका कुशाग्रा रावतले रजत पदक हात पार्दा भारतकै आनन्दा अनिल कुमारले कास्य पदक जिते । उता २ सय मिटर पुरुष ब्रेस्टोकमा भारतले स्वर्ण र कास्य पदक हात पार्दा श्रीलंकाका किरन मलिकले कास्य पदक जिते । भारतका लिकथले स्वर्ण र धनुस सुरेशले रजत पदक जितेका हुन् ।

यस्तै एक सय मिटर पुरुष बटरफ्लाईमा श्रीलंकाका म्याथ्यु डुनकानले स्वर्ण पदक आफ्नो नाममा लेखाउँदा भारतका मिहिर राजेन्द्र अम्ब्रेले रजत र बंगलादेशका महम्मद माहामुदिन नोबीले कास्य पदक जिते । १ सय मिटर महिला बटरफ्लाईमा भारतकी दिब्या सातिजा पहिलो बन्दै भारतलाई स्वर्ण पदक दिलाउँदा भारतकै अपेक्षा देयालाले कास्य र श्रीलंकाकी अनिकह गाफुरले कास्य पदक जितिन् ।

 

बिहीबारै पुरुष ४ सय मिटर पुरुष रिलेमा श्रीलंकाले स्वर्ण पदक जित्न सफल भयो । सोही स्पर्धामा भारतले रजत र बंगलादेशले कास्य पदक हात पा¥यो । महिला तर्फ भने भारतले बाजी मार्न सफल भयो । श्रीलंकाले रजत पदक हात पार्दा नेपालले कास्य पदकमा चित्त बुझायो । बिहीबार ८ स्वर्ण पदकका प्रतिस्पर्धा भएको थियो । जसमा नेपालले १ स्वर्ण, १ रजत र १ कास्य पदक हात पार्दा भारतले ४ र श्रीलंकाले ३ स्वर्ण पदक जिते ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://www.youtube.com/watch?v=kF9cjcGy90A

सम्बन्धित खबरहरु