एसइई परीक्षाको रुटीन प्रकाशित [समयतालिका सहित]


काठमाडौ । यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) यहि चैत्र १० गते देखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज समयतालिका सार्बजनिक गरेको हो । रुटीन तल अपलोड गरिएको छ । आफुले हेरिसकेपछि सबै भाईबहिनीहरुको सहयोगका लागि सक्दो सेयर गरिदिनुहोला । समयतालिका तल हेर्नुहोस्

 

योपनि
माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) को हाउगुजी अन्त्य गर्न विद्यालय तहदेखि नै प्राविधिक धारको शिक्षालाई प्राथमिकता दिन सरोकारवालाले बारम्बार जोड दिने गर्दछन् । यसअघि सार्वजनिक २०७५ सालको एसइईको परीक्षाफलमा सार्वजनिक विद्यालयका विद्यार्थीको नतिजा सन्तोषजनक नभएको सन्दर्भमा वक्ताले शिक्षामा अति राजनीतिकरण रोक्न र सीपमुखी शिक्षामा लाग्न सुझाउने गर्दछन् ।

 

बुद्धिजीवी डा सुरेन्द्र केसीले राजनीतिक नेतृत्वले शिक्षकलाई आफ्नो कार्यकर्ता बनाउन नछाडेकाले गुणस्तरमाथि उठ्न नसकेको भन्दै शैक्षिक जनशक्तिले रोजगारी गर्न सक्ने र रोजगार पाउने अवस्था हुने गरी नीति र कायक्रम आउनुपर्ने बताए । उनले भने, ‘हाम्रो शिक्षाको राष्ट्रिय लक्ष्य के हो ? पहिला यो स्पष्ट हुनुपर्छ । शैक्षिक असफलताको जिम्मेवारी नेतृत्वले लिनुपर्छ । शिक्षकले राजनीतिलाई निजी फाइदाका लागि दुरुपयोग गर्नु हुँदैन ।’

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) का महासचिव लोकबहादुर भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले पद बहाली गर्दा घोषणा भएअनुसार हरेक स्थानीय तहमा कम्तीमा एक प्राविधिक शिक्षालय खोलेर कक्षा ९ देखि प्राविधिक शिक्षामा पनि पढ्न सहज हुने अवस्था भएका हरेक परीक्षाको नतिजाका आधारमा विश्लेषण गर्ने परम्परानै अन्त्य हुने जिकिर गरे । सरकारले शिक्षाको राष्ट्रिय नीति चाँडै कार्यान्वयनमा आउने जनाउँदै आएको छ ।

नेपाल अभिभावक सङ्घका अध्यक्ष सुप्रभात भण्डारीले एसइईलाई प्रदेश तहमा लान र शिक्षा प्रणालीलाई घोकन्ते नभई सिकाइमा केन्द्रित गर्न सुझाव दिन्छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सनं) का सहअध्यक्ष डिके ढुङ्गानाले हरेक वर्षको नतिजामा स्तरीकृत अङ्क ल्याउने विद्यार्थी धेरै हुने गरे पनि निजी लगानीका विद्यालयलाई राज्यले दोस्रो दर्जाको व्यवहार गरेको गुनासो राखे ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (एन प्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटाले निजी विद्यालयका विद्यार्थीलाई कक्षा ११ र १२ का सरकारी छात्रवृत्ति नदिने नीति परिवर्तन हुनुपर्ने बताए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविद्धारा नतिजा प्रकाशित : अनलाइन यसरी चेक गर्नुहोस्
यसरी माग गर्नुहोस् शिक्षक अभाव भएका विद्यालयलाई अनुदान शिक्षक दिईने
त्रिविले भर्खरै गर्यो नतिजा सार्वजनिक (अनलाइन यसरी हेर्नुहोस्)
जान्ने बनाउँन तपाईका बच्चालाई यसरी सिकाउनुहोस्
माध्यमिक शिक्षा (कक्षा ९ देखि १२) सम्मको यस्तो पाठ्यक्रम संरचना परिमार्जन
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता