काठमाडौ । प्रदेश नं २ मा पहिलोपटक ‘ब्रेन ट्युमर’को सफल शल्यक्रिया भएको छ । वीरगञ्ज महानगरपालिकामा सञ्चालित वीरगञ्ज हेल्थ केयर अस्पतालले न्यून खर्चमा सो शल्यक्रिया गर्न सफल भएको हो ।

ब्रेन ट्युमरबाट ग्रसित पर्साको जिराभवानी गाउँपालिका–३ नयकाटोला निवासी २० वर्षीया इन्दुकुमारी महतोको अस्पतालका न्युरो सर्जन डा फिरोज अब्जलले सफल शल्यक्रिया गर्नुभएको हो । सो ट्युमरको काठमाडौँलगायतका स्थानमा उपचार गर्दा तीनदेखि चार लाखसम्म खर्च लाग्ने भए पनि हेल्थकेयरले युवतीको शल्यक्रिया गर्दा रु एक लाख खर्च लागेको डा अब्जलले जानकारी दिनुभयो ।

उहाँले इन्दुको मष्तिस्कको बीच भागमा रहेको पाँच सेन्टीमिटर ठूलो ट्युमरलाई चार घण्टाको कठिन शल्यक्रियापछि झिक्न सफल भएको बताउनुभयो । इन्दुको पहिले शरीरको दाहिने भाग नचल्ने भए पनि शल्यक्रियापछि चल्न थालेको जनाइएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु