काठमाडौं । बिगत केही दिन देखि एक युवती हराएकी छिन् । छोरी बेपत्ता भएको दिनदेखि नै बिरामी आमाको अवस्था नाजुक बन्दै गएको छ । तर तिनै बेपत्ता छोरीको एक युवाले फेक आइडी बनाएर थप पीडा थपिदिएको खुल्न आएको छ ।

जानकारी अनुसार यो गुल्मीको ईस्मा गाउँपालिका वडा नम्बर–५ रजस्थल दोबाटाको घटना हो । यहाँ गाउँकी १७ वर्षीया पूजा अर्याल मङ्सिर १ गते बिहान सदरमुकाम तम्घासमा जाडोमा लगाउने कपडा किन्छु भन्दै घरबाट निस्केकी थिइन् । उनी हिँडैकै दिन तम्घासको भगवती मन्दिरसम्म पुगेको एक जना छिमेकीले देखेका थिँए । त्यसपछि उनको बारेमा कुनै जानकारी आएको छैन ।

अहिले परिवार थप तनाबमा आउँनुको कारण उनै युवतीका नाममा एक जना पुरुषले नक्कली फेसबुक आईडी बनाएर अनेकन लेख्दै आएका छन् । जसले कहिले भारतमा छु भन्ने त कहिले पूजा आर्याल नामकै आईडीबाट म जीवन र मरणको दोसाँधमा छु भनेर लेख्ने गरेको परिवारका सदस्यहरुले जानकारी दिए ।

पूजाका बाबु नारायणप्रसादले उक्त आइडीबाट अनेकन म्यासेजहरु आउने गरेको बताउनुभयो । खोजतलासका लागि प्रहरीमा उजुरी दिएको यतिका दिन बित्दा पनि प्रहरीले महत्व नदिएको परिवारको आरोप छ । यस सम्बन्धमा जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र सिंह खड्काले आफूहरुले खोज तलास गरिरहेको जानकारी दिनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु