एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता


जाजरकोट । नलगाड नगरपालिकाका युवाहरुको पहलमा डोको युगको अन्त्य हुने भएको छ । यहाँका युवाहरुको पहलमा एम्बुलेन्स आउँने भएपछि अब बिरामीलाई डोकोमा बोकेर अस्पताल पुर्याउनुपर्ने समस्या टर्ने भएको छ । देश तथा विदेशमा भएका यस क्षेत्रका युवाहरुको पहलमा नलगाडमा पहिलोपटक एम्बुलेन्स आउँन लागेको हो । युवाहरुको यस अभियानमा देश तथा विदशेमा भएका सबै सहयोगी मनहरुको मन जितिरहेको अभियानका अर्थ संयोजक एवं पत्रकार प्रकाश पन्तले जानकारी दिनुभयो ।

नलगाडबासीको लागि एम्बुलेन्स आवश्यक भएको कुरा लामो समय देखि उठ्दै आएको थियो । यस योजनाका एकजना मुख्य सुत्रधार डाक्टर दम्पती (कपिल चन्द र दिदी गीता शाह चन्द)ले ६० हजार २ सय ५० रुपैयाँ आर्थिक सहयोग गर्नु भएको छ । उहाँले लामो समय नलगाडको कालीमाटीमा रहेर लामो समय नलगाडबासीको स्वास्थ्य सेवामा सहयोग गर्नु भएका थियो । चन्द नलगाडका सयौं युवाहरुका मार्गदर्शक प्रेरणाका स्रोत पनि भएको संयोजक पन्तले बताउनुभयो । उहाँकै सल्लाह, सुझाव र योजनाकै कारण आफुहरु यस अभियानमा होमिएको उहाँले स्पष्ट पार्नुभयो ।

बाँकेको कोहलपुर निवासी चन्द हाल संयुक्त राज्य अमेरिकाको टेक्सासमा बस्दै आउँनु भएको छ । चन्दले यसअघि पनि थुप्रै सामाजिक काममा सघाउदै आउनु भएको थियो । उहाँले एम्बुलेन्स किन्ने पैसा नपुगे थप सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको छ । यो बाहेक अन्य सहयोगी मनहरुले पनि यस अभियानमा साथ दिइरहनु भएको छ । थप तल हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिभुवन विश्वविद्यालयले अब पुस्तकको आईएसबीएन नम्बर अनलाइनमार्फत प्रदान गर्ने
७७ जिल्लाकै सांसदलाई शिक्षकको पत्र : भोको पेटले गुणस्तरीय शिक्षा सम्भव होला र माननीयज्यू ?
त्रिविद्धारा नतिजा सार्वजनिक, हेर्नका लागि यहाँ क्लिक गर्नुहोस
त्रिविले गर्यो नतिजा सार्वजनिक (अनलाइन यसरी चेक गर्नुहोस्)
त्रिविद्धारा स्नातक तहको नतिजा भर्खरै प्रकाशित : अनलाईन नतिजा हेर्ने तरिका सहित
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता