काठमाडौं । अन्तराष्ट्रिय गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन–२’ को विजेता राम लिम्बु भएका छन् । आज बौद्ध स्थित ह्यातको ग्राउन्डमा आयोजना भएको ग्र्याण्ड फिनालेबाट उनी विजेता भएका हुन् । गत शुक्रबार राति सम्पन्न सेमीफाइनलबाट ८ जनाको प्रतिस्पर्धात्मक शो बाट उत्कृष्ट ४ जना फाइनलमा प्रवेश गरेका थिँए । फाइनलमा प्रवेश गर्नेहरुमा कोच दीपबाट बिकाश लिम्बु, कोच राजुबाट शनिष श्रेष्ठ, कोच आस्थाबाट आरुफ राव तथा कोच प्रमोदबाट राम लिम्बु थिँए ।

फाइनलमा प्रवेश गरेका प्रतिस्पर्धीले विजयीको लागि आज अन्तिम प्रस्तुति दिए । द भ्वाइस अफ नेपालबाट छानिने बिजेताले डाटसन रेडी गो कार, १२ लाख नगद पुरस्कार, १५ लाख बराबरको भिडियो एल्बम र विश्व सांगीतिक यात्राको अवसर प्राप्त गर्नेछन् । सबै कोचहरु र सर्मथकहरु केही समयदेखि आफ्नो टिममा भएका प्रतिभाहरुलाई जिताउन तातिएर लागेका थिँए । सामाजिक सञ्जालमा सबैले लिम्बुलाई बधाई दिइरहेका छन् ।

https://youtu.be/pCrfcTYsKO4

सम्बन्धित खबरहरु