काठमाडौं । राजधानीको एक व्यस्त गल्लीमा भएको आगलागीमा ३५ जनाको ज्यान गएको छ । भारतको राजधानी नयाँ दिल्लीको रानी झाँसी रोड क्षेत्रको अन्न मन्डीमा रहेको कारखानामा आज बिहान आगलागी भएको हो । यस दुर्घटनामा ३५ व्यक्तिको मृत्यु भयो । दिल्ली आगलागी नियन्त्रण विभागका प्रमुख अफसर अतुल गर्गले भने, ‘अहिले सम्म हामीले ५० जना भन्दा बढी मानिसहरुलाई बाहिर निकाल्यौं । अधिकांश मानिसहरू धुवाँबाट प्रभावित छन् ।’

उप अग्नि प्रमुख अधिकारी सुनिल चौधरीले भने, ‘आगो ६०० वर्ग फिटको प्लाटमा छ । यो कारखाना हो । स्कूल झोला, बोतल र अन्य सामग्री त्यहाँ राखिएको थियो ।’ केन्द्रीय गृहमन्त्री अमित शाहले ट्वीट गरेर सम्बन्धित सबै विभागहरुलाई तुरुन्तै आवश्यक कदम चाल्न निर्देशन दिए । दमकल विभागका अनुसार बिहान ५ः२२ (भारतीय समय अनुसार) मा आगलागी भएको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

३० दमकल इञ्जिनहरू आगो निभाउन घटनास्थलमा छन् । त्यस्तै लोकनायक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट किशोर कुमारले भने, ‘हामीले अहिलेसम्म ३५ वटा लाश पाएका छौं, चिकित्सकहरूको टोली घाइतेहरुको निरन्तर निरीक्षण गरिरहेको छ।’ मृतकहरुको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

सम्बन्धित खबरहरु