काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालकी एक खेलाडीले तीन स्वर्ण जितेकी छिन् । नेपालले एथ्लेटिक्स अन्तर्गत पौडीमा अर्को एउटा पदक थपेको छ । ४०० मिटरको फ्रीस्टाइलमा नेपालकी गौरिका सिंहले ४ मिनेट २५ सेकेण्ड २८ मिलिसेकेण्डमा पार गर्दै नेपाललाई स्वर्ण दिएकी हुन् । गौरिकाले यसपटक जम्मा तीन स्वर्ण हात पारेकी छिन् । भारतकी शिवानी शर्मा भने दोस्रो भइन् । उनले ४ मिनेट २६ सेकेण्ड र २२ मिलिसेकेण्डमा दुरी पार गरिन् ।

त्यस्तै ४ मिनेट ४१ सेकेण्ड र ९१ मिलिसेकेण्डको समय निकाल्दै श्रीलंकाकी रमुद्री निलारा तेस्रो भइन् । जारी सागमा तेस्रो स्वर्ण जित्दै गौरिका एउटै सागमा ३ स्वर्ण जित्ने पहिलो महिला एथ्लिट बनेकी छिन् । यो भन्दा पहिले उनले २०० मिटर फ्रीस्टाइल र ब्याकस्ट्रोकमा पनि स्वर्ण जितेकी थिइन् । यस्तै १०० मिटर ब्याकस्ट्रोकमा भने रजत पदक जितेकी छिन् । बेलायतमा बस्दै आएकी गौरिका लामो समय देखि यस क्षेत्रमा डटेर लागि परेकी छिन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु