काठमाडौं । जाजरकोटको नलगाड नगरपालिकाका स्वतन्त्र युवाहरुले थालेको एम्बुलेन्स खरिद अभियानमा निरन्तर सहयोग जुट्दै आइरहेको छ । लामो समय देखि बिरामीलाई डोकोमा बोकेर लिनुपर्ने समस्या भएपछि त्यहाँका युवाहरुको पहलमा एम्बुलेन्स गाउँमा पुग्ने भएको छ । देश तथा विदशेमा भएका सहयोगी मनहरुले यस अभियानमा सहयोग गरिरहनु भएको एम्वुलेसन्स किन्ने युवा अभियानका संयोजक एवं पत्रकार प्रकाश पन्तले जानकारी दिनुभयो ।

https://www.facebook.com/photo.php?fbid=3984183504943887&set=a.149114891784120&type=3&theater

यस अभियानलाई जाजरकोटकै लोकप्रिय युवा राजनीतिज्ञ बेदराज सिंहले २० हजार ५ सय ५ रुपैया प्रदान गर्नु भएको छ । उहाँले यो भन्दा पहिले देखि नै समाजको लागि रचनात्मक गर्ने युवाहरुलाई सधै साथ र सहयोग गर्दै आउँनु भएको छ ।

https://www.facebook.com/photo.php?fbid=3984830071545897&set=a.149114891784120&type=3&theater

काँग्रेसका युवा नेता सिंहको सहयोगले नलगाडका अभियानकारी युवाहरुलाई अझ अगाडी बढ्ने हौसला र प्रेरणा मिलेको संयोजक पन्तले जानकारी दिनुभयो । नलगाड नगरपालिका–२, डाँडागाँउ निवासी दिपक ओलीले पनि १० हजार १ सय ५० सय रुपैया सहयोग गर्नु भएको छ ।

https://www.facebook.com/photo.php?fbid=3983679011661003&set=a.149114891784120&type=3&theater

सामाजिक काममा सानैदेखि सक्रिय ओली यस अभियानको एक अभियान्ता पनि हुनुहुन्छ । सिटिजन वैंकमा कार्यरत डिल्ली ओलीले पनि एम्बुलेन्स खरिदका लागि १० हजार रुपैया सहयोग गर्नु भएको छ । यस अभियानमा एक अर्को इट्टा हिरालाल ओलीले पनि थप्नु भएको छ ।

https://www.facebook.com/photo.php?fbid=3983627291666175&set=a.149114891784120&type=3&theater

उहाँले १० हजार ५ सय रुपैया सहयोग गर्नु भएको हो । नलगाड–२,डाँडागाँउ निवासी उहाँ जाजरकोट जिल्लाकै उकृष्ट किसान पनि हुनुहुन्छ । उहाँहरु बाहेक अरुले पनि सहयोग गर्नुभएको छ । थप तल हेर्नुहोस्

https://www.facebook.com/photo.php?fbid=3984279714934266&set=a.149114891784120&type=3&theater

https://www.facebook.com/prakash.pant.106/posts/3984259371602967

https://www.facebook.com/photo.php?fbid=3983656924996545&set=a.149114891784120&type=3&theater

https://www.facebook.com/prakash.pant.106/posts/3983591978336373

https://www.facebook.com/prakash.pant.106/posts/3983536865008551

सम्बन्धित खबरहरु