काठमाडौं । गाउँपालिकाको हरहिसाब पारदर्शी गर्नुपर्ने माग गर्दै सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका अगाडि प्रदर्शनमा उत्रेको आन्दोलनकारी र प्रहरीबीच आज झडप भएको छ । झडपका क्रममा लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं ३ का अध्यक्ष राजेश्वर साह सुडीसहित आधा दर्जन घाइते भएका छन् ।

[caption id="" align="aligncenter" width="960"] File Photo[/caption]

आन्दोलनमा उत्रेका आन्दोलनकारीले गाउँपालिकाको भवन अगाडि प्रदर्शन गर्नुका साथै कार्यालयमा तोडफोड गर्न थालेपछि भीडलाई नियन्त्रणमा लिन हस्तक्षेप गर्नुपरेको प्रहरीले जनाएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले पाँच सेल अश्रुग्याससमेत प्रहार गरेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

गाउँपालिकाको बजेट गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत मिलेर अनियमितता गरेको भन्दै सम्पूर्ण हरहिसाब पारदर्शी गर्नुपर्ने मागसहित स्थानीय आन्दोलनमा उत्रिएको हो । जुलुससहित गाउँपालिका भवन घेराउ गर्ने क्रममा फोरमका कार्यकर्ताले आफ्ना कार्यकर्ताको टाउँको फुटाइ दिएपछि आफूहरु तोडफोडमा उत्रिएको आन्दोलनकारीले बताएका छन् ।

आन्दोलनकारीले गाउँपालिकाको भवनको झ्याल, ढोका फुटाउनुका साथै कार्यालयभित्र रहेका पदाधिकारीमाथि आक्रमण गर्न खोज्दा स्थितिलाई नियन्त्रणमा लिन पाँच सेल अश्रुग्यास प्रहार गर्नुपरेको इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीले जनाएको छ ।

कूल छ वटा वडा रहेको लक्ष्मीपुर पतारी गाउँपालिकाकामा तीन वटा वडामा सङ्घीय समाजवादी फोरम, दुई वटा वडामा नेपाली काँग्रेस र एक वटा वडामा नेकपाले जितेका छन् । गाउँपालिकामा अनियमितता भएको भन्दै नेपाली काँग्रेस र नेकपाले आन्दोलन गरिरहेका छन् ।

सम्बन्धित खबरहरु