काठमाडौं । नेपाली काँग्रेसले बाँकेको कोहलपुरमा भएको घटनालाई लिएर गृहमन्त्री राम बहादुर थापाको राजीनामा मागेको छ । कोहलपुरमा प्रहरीले विद्यार्थीहरुमाथि दमन गरेको भन्दै नेविसंघले काठमाडौंको चाबहिलमा विरोध प्रदर्शन गरेको हो । नेविसंघ काठमाडौं जिल्ला समितिको आयोजना र पशुपति क्याम्पस इकाइ समितिको संयोजनमा गरिएको प्रदर्शनमा सहभागीहरुले प्रहरी दमनको विरोध गर्दै नाराबाजी गर्नुका साथै राजीनामा मागेका हुन् ।

यस अघि हिजो त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृति चन्द आज बिहान ट्रकको ठक्करबाट गम्भीर घाइते भएको घटना र त्यसपश्चात उत्पन्न परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो । काँग्रेसले विज्ञप्तिमार्फत प्रहरी नायब निरीक्षकको नेतृत्वमा गएको सुरक्षाकर्मीको टोलीले सावधानी अपनाउन नसक्दा घटनाले गम्भीर रुप लिई सर्वसाधारण नागरिकलगायत सुरक्षाकर्मीसहित दर्जनौँ घाइते हुने अवस्था बन्नु अत्यन्त दुःखद् भएको भनेको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उत्पन्न परिस्थितिलाई संयमित भई समाधान गर्न, घाइतेहरुको सम्पूर्ण उपचारको व्यवस्था गर्न तथा घटनाका दोषीलाई तत्काल कारवाहीको प्रक्रिया थाल्न सरकारसँग माग गरिएको छ । काँग्रेसले सम्पूर्ण घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । आज बिहान पशुपति क्याम्पसबाट सुरु भएको विरोध र्याली चाबहिल चोक परिक्रमा गरी पुनः पशुपति क्याम्पसमा आएर समापन भएको थियो ।

सम्बन्धित खबरहरु