काठमाडौं । जलपरीको रुपमा चर्चा पाएकी पौडीको १०० मिटर फ्रि–स्टाईलमा गौरिका सिंहले स्वर्ण पदक जितेर नेपालको खेलकुद इतिहासमा नयाँ कीर्तिमान बनाएकी छन् । यो १७ वर्षीया सिंहको १३ औँ दक्षिण एशियाली खेलकुद सागमा चौथो स्वर्ण पदक हो । यो पदकसँगै उनी यो क्षेत्रीय खेलकुदको एकै संस्करणमा चार स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन् ।

साथै उनले सागमा सबैभन्दा धेरै स्वर्ण जित्ने तेक्वान्दोको दीपक विष्टको कीर्तिमान पनि बराबरी गरेकी छन्।सोमवार सातदोबाटोस्थित पौडी पोखरीमा भएको स्पर्धामा सिंहले १०० मिटर फ्रि–स्टाईल ५८.१३ सेकेन्डमा पूरा गरिन् । उनले भारतीय शिवाङ्गी शर्माले ०.०२ सेकेन्डले पछाडि पारिन् । यो पदकसँगै नेपालको स्वर्ण पदक सङ्ख्या ४९ पुगेको छ ।

Subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु