काठमाडौं । चक्रपथभित्र भोलि जोर नम्बर प्लेट भएका सवारी साधन मात्र चल्न पाउने भएका छन्। दक्षिण एसियाली खेलकुद सागको समापनको दिन ट्राफिक व्यवस्थापन मिलाउन जोर नम्बर प्लेट भएका सवारी साधन मात्रै चल्न दिइने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रवि कुमार पौडेलले जानकारी दिए।

‘यो प्रणालीले आधा सवारी साधन कम हुन्छ र ट्राफिक व्यवस्थापन सहज हुन्छ,’ पौडेलले भने। त्यस्तै, ठूला मालवाहक सवारी साधन पनि रिङरोड प्रवेश नगराउन उनले आग्रह गरे। साग उद्घाटनको दिन अर्थात १५ गते महानगरीय ट्राफिकले बिजोर नम्बरका सवारीसाधन मात्रै चलाउन लगाएको थियो। सागको डेलिगेसन कार्ड भएकाहरुका लागि भने यो व्यवस्था लागू हुने छैन।

Subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु