काठमाडौं । गलकोट नगरपालिका–३ को बोहोराफाँट–लमाइ सडकमा शनिबार पहिलोपटक बस गुड्यो । दुई गाउँ जोड्ने सडक ‘लिङ्क रोड’ उद्घाटनका लागि नगरप्रमुख भरत शर्मा गरैलगायत बसमा सवार थिए । उद्घाटनस्थलमा प्रमुख अतिथिसहितलाई गाउँलेले स्वागत गरे । अबिर र माला पहिराए । भजनकीर्तन गरे, नाचे । एकापसमा खुसी साटे ।

[caption id="" align="aligncenter" width="900"] File Photo[/caption]

बोहोराफाँट र लमाइ वारिपारिका गाउँ हुन् । छिमेकी भएर पनि दुई बस्तीबीच आउजाउ सहज थिएन । मोटरबाट जान तल हटिया बजार झरेर मध्यपहाडी लोकमार्ग हुँदै जानुपथ्र्यो । पैदलयात्रासमेत जोखिमपूर्ण थियो । अब भने दुई गाउँलाई बीचबाट सिधा सडकले जोडेको छ । “मान्छे हिँड्ने बाटो पनि थिएन, मोटरबाटो बनेपछि ठूलो सुविधा भयो”, स्थानीय दानबहादुर बोहोराले भन्नुभयो ।

Subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

उहाँका अनुसार अब सडकमार्ग हुँदै पैदलै हिँडे पनि सजिलै अर्को गाउँ पुग्न सकिन्छ । भिरालो भू–बनोट, बीचमा ठूला भिर र खोँच भएकाले एक गाउँबाट अर्कोमा जान तल झरेर जानुपर्ने बाध्यता थियो । हिँडेर जाँदा पनि फेरो बाटो समात्नुपथ्र्यो । डेढ किमीको बोहोराफाँट–भुल्केपानी–घट्टेखोला ‘लिङ्क रोड’ ले त्यस क्षेत्रका दुई हजार ५०० घरधुरीलाई प्रत्यक्ष लाभ पुग्ने वडाध्यक्ष वीरजङ्ग भण्डारीले बताउनुभयो । झण्डै रु १० लाखको लागतमा उक्त सडकको मार्ग खोलिएको हो । नगरपालिकाले चालू आवमा रु छ लाख र गत आवमा रु डेढ लाख बजेट छुट्याएको थियो ।

बोहोराफाँटदेखि माम्ले हुँदै बराहथानसम्म ‘लिङ्क रोड’ पु¥याउने योजना नगरपालिकाको छ । यही वर्ष नगरपालिकाको रु चार लाख बजेटबाट थप मार्ग खोल्ने काम हुँदैछ । “वडा नं ३ का सबै गाउँ, बस्तीलाई सडक सञ्जालमा जोड्ने लक्ष्य छ”, वडाध्यक्ष भण्डारीले भन्नुभयो । ग्रामीण सडकको पहुँच विस्तारले सर्वसाधारणको सुविधासँगै पर्यटन प्रवद्र्धन र स्थानीय उत्पादनको बजारीकरणमासमेत टेवा पुग्नेछ ।

सार्वजनिक बस सञ्चालनको योजनासहित ‘लिङ्क रोड’ निर्माण गरिएको छ । मार्ग खुलेको ठाउँमा नियमित बस सञ्चालनका लागि वडा कार्यालयले पहल गरिरहेको छ । घरगाउँमै बस चलेपछि विद्यार्थीलाई समेत विद्यालय आउजाउ गर्न सहज हुने विश्वास गरिएको छ । वडाभित्र पर्ने ऐतिहासिक गलकोट कोतघर, सहस्रधारालगायतका पर्यटकीय गन्तव्य पनि सडक सञ्जालमा जोडिनेछन् ।

सम्बन्धित खबरहरु