काठमाडौं । चर्चित चलचित्रकर्मी दिनेश डिसी ‘चलचित्र निर्देशक समाजको अध्यक्षमा उम्मेद्वारी दिन लाग्नु भएको छ । आउँदो मंसिर २८ गते हुन लागेको चलचित्र निर्देशक समाजको निर्वाचनका लागि अध्यक्ष पदमा फेरि दोश्रो कार्यकालको लागि निर्देशक तथा संचारकर्मी डिसीले उम्मेद्वारी दिने पक्का भएको छ ।

डिसी नेपाली चलचित्रका निर्देशक तथा निर्माता र अभिनेता पनि हुनुहुन्छ । २०७० सालमा भएको निर्देशक समाज नेपालको निर्वाचनबाट उहाँ अध्यक्ष पदमा चुनिनु भएको थियो ।आवाजको दुनियाँको साथी ऊपनामले चिनिने निर्देशक दिनेश डिसी ‘प्रबल जनसेवा श्री’ बाट सम्मानित व्यक्तित्व पनि हुनुहुन्छ ।

subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

निर्देशक समाजको विभिन्न कार्यकारी पदमा बसेर सफलता पुर्वक आफ्नो कार्यकाल सम्पन्न गर्नुभएका चर्चित निर्देशक तथा संचारकर्मी डिसीले निर्देशक समाजको हुन लागेको आसन्न निर्वाचनको लागि फेरि अधक्ष्य पदमा उम्मेद्वारी दिने घोषणा गरेको जानकारी दिनु भएको छ । अघिल्लो कार्यकालमा निर्देशक समाजको हकहितको लागि धेरै राम्रो कार्यहरु गरेका डिसीलाई सम्पूर्ण निर्देशकहरुको दबाब, इच्छा र चाहनाले गर्दा नै पुन अध्यक्ष पदमा उम्मेद्वारी दिने मनस्थिति बनाएको बुझ्न सकिन्छ ।

नेपाली चलचित्र क्षेत्र र निर्देशक समाजलाई अगाध प्रेम गर्नुहुने र अत्यन्त ठूलो प्रभाव राख्नु हुने साथीहरूले निर्देशक समाजको नेतृत्व लिन बल पुर्वक आग्रह गरिरहेको उहाँले स्पष्ट पार्नुभयो । आफ्नो व्यस्तताको कारण उम्मेद्वारीको लागि सहमति जनाइनसकेको भए पनि आग्रहलाई अस्वीकार गर्न अत्यन्त कठिन भएको जानकारी दिनुभयो ।

सम्बन्धित खबरहरु