काठमाडौ । १३औं साग सफलता पुर्वक सम्पन्न गरेको नेपाल सरकारमाथि अर्को चुनौती थपिएको छ । भएको के भने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले खेलकुद् मन्त्री र राखेपका सदस्य सचिवलाई बर्खास्त गर्न माग गरेको छ । १३ औं दक्षिण एशियाली खेलकुद् (साग) को समापन भएको एक दिनपनि नवित्दै तरुण दलले खेलाडी र प्रशिक्षकको सेवा र सुविधामा भ्रष्टाचार गरेको भन्दै राजीनामा मागेको हो ।

तरुण दलले खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गर्न माग गरेको हो । तरुण दलले निकालेको बिज्ञप्तिमा मन्त्री र सदस्य सचिवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्नु पर्ने समेत माग गरेको छ । देशका लागि ५१ स्वर्ण पदकसहित २०४ पदक जित्ने खेलाडी र प्रशिक्षकलाई धन्यवाद र बधाई दिएको छ । सागमा नेपाली खेलाडीहरुलाई सुटिङ, साइक्लिङ, स्वीमिङ लगायतमा खेलकुदका सामाग्री प्रदान गर्न नसक्नु दुःखद भएको भनिएको छ ।

खेलकुद परिषद्का सदस्य सचिव सिलवालले मन्त्रीहरुको चाकरी गर्दै दौरा सुरुवाल उपलब्ध गराएको विषय लाजमर्दो भएको पनि उल्लेख गरिएको छ । यसका साथै सागमा स्वर्ण पदक दिलाउने प्रत्येक खेलाडीलाई २५ लाख, रजत जिताउने प्रत्येक खेलाडीलाई १५ लाख र काश्य पदक दिलाउने खेलाडीलाई १० लाखका दरले पुरस्कार दिएर सम्मान गर्न पनि सरकारसँग तरुण दलले माग गरेको छ ।

subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु