काठमाडौं । केही दिन पहिले कोहलपुरमा एक ट्रकले स्कुले बालिकालाई ठक्कर दिदा भएको घटना पुर्ण रुपमा सेलाएको छैन । अहिले कक्षा ७ मा पढ्ने प्रकृति चन्दको काठमाडौंमा उपचार भइरहेको छ । यो बीचमा अर्को यस्तै घटना बाहिर आएको छ । स्कुल बसले ठक्कर दिदा मोरङको बेलबारी नगरपालिका–५ मा एक वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शिवकुमारी साहका एक वर्षीय छोरा यसराज साह रहेका छन् । कसेनी बोडिङ स्कुलको एकलेजीमा पढ्ने पाँच वर्षीय छोरा सोनुलाई लिन आएको बसमा चढाउन जाँदा यसराजलाई पनि साहले सँगै लगेकी थिइन् । उनले यसराजलाई भुँईमा राखेर सोनुलाई गाडीमा चढाएकी थिइन् । तर सोनुलाई बसमा चढाउँदा भुँईमा राखेको छोरा घस्रिँदै बस मुनी पुगेका थिए ।

विद्यार्थी चढेपछि हतार गर्दै हुँइकिएको बसले किच्दा नाबालकको घटना स्थलमै मृत्यु भएको जानकारी दिइएको छ । बिहान सवा ९ बजेको समयमा विद्यार्थी लिएर स्कुल आउँदै गरेको को १ क ३०४६ नम्बरको कसेनी बोर्डिङ स्कुलको बसले यसराजलाई कि'चेको हो । स्कुल बसका चालक बेलबारी नगरपालिका–६ का ४५ वर्षीय डम्बरबहादुर खड्कालाई नियन्त्रणमा लिएर थप आवश्यक अनुसन्धान थालेको प्रहरीले जानकारी दिएको छ ।

subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु