एजेन्सी । भारतको बिहार राज्यको शिवहर जिल्लामा एउटा गाउँमा संकास्पद पन्छी बरामद गरिएको छ । बरामद गरिएको पन्छीको पखेटाको माथि पिठ्यूमा क्यामेरा भेटिएको छ । यस पन्छीको बारेमा स्थानीय प्रहरी र वन विभागका अधिकारीहरू अनुसन्धानमा जुटेका छन् ।

यस बिषयमा प्रहरी अधिकारीले भनेका छन्, ‘बरामद गरिएको पन्छी बाजझैँ उडिरहेको थियो। चिकनौटा गाउँमा यस पन्छीलाई देखेर अन्य पन्छी कराइरहेका थिए। त्यतिखेर स्थानीयले थाहा पाए ।’

पन्छी भूइँमा आएपछि उसको शरीरममा संकास्पद बस्तु देखियो । र, स्थानीयले उक्त पन्छीलाई समातेर प्रहरीलाई बुझाए । नगर थानाका प्रभारी सुदामा रायका अनुसार संकास्पद पन्छीको पिठ्यूमा क्यामेरा बाँधेको थियो ।

subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु