काठमाडौ । इटलीका कलाकार मौरित्सियो काट्टेलानले बनाएको एउटा कलाकृती एक लाख २० हजार अमेरिकी डलर (झन्डै एक करोड ३६ लाख नेपाली रुपैयाँ) मूल्यमा बिक्री भएको थियो । त्यसमा एउटा केरा स्थापित गरिएको थियो । तर जर्जियामा जन्मेका अर्का अमेरिकी कलाकार डेभिड डटुनाले त्यो केरा खाइदिएपछि मायामीमा भइरहेको कलाप्रदर्शनीमा हल्लाखल्ला भयो ।

 

उनले केरा खाएर आफूले कला प्रस्तुत गरेको टिप्पणी गरेका थिए । पछि त्यहाँ अर्को केरा राखियो । केरा खाइदिने डटुनालाई तत्काल कलाशाला छोड्न भनियो तर उनलाई थप कारबाही भने नहुने भएको छ । बीबीसी

subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु