काठमाडौं । भारतको बाटो हुँदै नेपाल पसेका रोहिंग्या शरणार्थीलाई नेपाल छोड्न आदेश दिइएको छ । म्यानमारबाट लखेटिएपछि नेपाल आएर काभ्रेको पनौतीस्थित कुशादेवीमा अस्थायी टहरा बनाई बसेका रोहिंग्या शरणार्थीलाई जग्गा छोड्न धनीले ७ दिनको समय सीमा तोकेका छन् ।

 

मंसिर १० गते कुशादेवी झरेका उनीहरुले २३ परिवारका लागि छुट्टाछुट्टै टहरा बनाए पनि जग्गाधनी सत्यराम थापाले हट्न निर्देशन दिनु भएको हो । आफुहरुलाई शरणार्थी हुन् भन्ने आएको ३ दिनपछि मात्रै थाहा भएको उहाँले जानकारी दिनुभयो ।

 

काम गर्न अनुमति नभएको र नेपालले शरणार्थी स्वीकार नगरेको थाहा पाएपछि हट्न भनिएको हो । त्रिवीका एक प्राध्यापकमार्फत रोहिंग्याहरु सत्यरामको सम्पर्कमा पुगेका थिए ।

 

 

खाली रहेको जग्गा भाडामा लगेर पैसा आउने भएपछि बस्न अनुमति दिएको उनीहरुले स्पष्ट पारेका छन् । रोहिंग्याका टोली नेता महोम्मद युसुफले टहरा निर्माणको लागि ६ लाखभन्दा बढी खर्च भइसकेको भन्दै बस्ने अर्को विकल्प पनि नभएको बताए ।

 

सम्बन्धित खबरहरु