काठमाडौं । हिजो राती भएको वि'ष्फोटबारे नयाँ रहस्य खुलेको छ । तीन जनाको ज्यान लिएको धनुषाको छिरेश्वरनाथ–५ गराइएको ब'म वि'ष्फोटमा प्रहरीले आपराधिक समूहको प्रयोग भएको प्रारम्भिक अनुमान गरेको छ । वि'ष्फोटमा मृत्यु भएका राजेश साहको हत्या नै गर्ने उद्देश्यले उनको घरमा ब'म राखिएको हुनसक्ने प्रहरीले जानकारी दिएको छ ।

 

व्यापारिक पृष्ठभूमि भएका साहको छोरासहित राती आफ्नै घरमा भएको शक्तिशाली ब'म वि'ष्फोटमा परी ज्यान गएको थियो । उनका छोरा आनन्दसँगै ब'म राखिएको सूचना पाएपछि घटनास्थल पुगेका नेपाल प्रहरीका इन्स्पेक्टर अमीर दाहालको पनि ज्यान गएको छ ।

यस घटनामा प्रहरी जवान रिजनाथकुमार महतो, राजेशका १४ वर्षीय अर्का छोरा प्रकाश, २२ वर्षीया छोरी निक्कीकुमारी र ७३ वर्षीय बुबा भिखारी साह पनि घाइते भएका छन् । प्रादेशिक अस्पताल जनकपुरमा प्राथमिक उपचारपछि उनीहरुलाई थप उपचारका लागि धरान लगिएको हो ।

 

हिजो राती पौने १२ बजेतिर शौच गर्न निस्कँदा राजेशले ब'म देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगत्तै घटनास्थल पुगेको प्रहरीले ब'म निष्क्रिय पार्ने टोलीलाई खबरै नगरी आफैंले ब'म निकाल्न खोज्यो अनी विष्फोट भयो । घटना कस्ले किन गरेको भन्नै अझै खुलेको छैन ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु