काठमाडौं । हरेक सिजनमा हरिया सागसब्जी स्वाथ्यका लागि एकदमै लाभदाक हुन्छन् । हरिया तरकारी मध्ये फर्सिको मुन्टालाई पनि खास मान्ने गरिएको छ । फर्सीको पात वा मुन्टा खानाले हामी विभिन्न रोगबाट जोगिन सक्छौँ । फर्सीको पातको साग वा फर्सीको मुन्टा खानुको फाइदाबारे सबैलाई थाहा नहुन सक्छ । फर्सीको मुन्टा खानुका फाईदाहरु आउँनुहोस् जानौं

१, छालालाई सुन्दर बनाउँन पनि फर्सीको मुन्टा विशेष हुन्छ । फर्सीको पातमा पर्याप्त मात्रामा भिटामीन सी पाइन्छ । जुन तपाईको छालाको लागि लाभलायक हुन्छ । भिटामीन सी ले छालामा भएको मृत तन्तुलाई जीवित बनाउन मद्दत गर्नुका साथै छालालाई स्वस्थ बनाइ राख्छ । यसले मधुमेह रोग नियन्त्रणमा पनि मद्दत पुग्छ । फर्सीको मुन्टामा हाइपोग्लिसिएमिक नामक तत्व हुन्छ जसले ग्लुकोजको मात्रालाई कम गर्न सहगोग गर्छ ।

२, फर्सीको पातमा यति धेरै गुणहरु हुन्छ कि जसले खतरनाक रोगबाट जोगिन मद्दत गर्छ । फर्सीको साग आफ्नो नियमित भोजनमा खानुहुन्छ भने उच्च रक्तचाप, कोलेस्ट्रोल, क्यान्सर जस्ता खतरनाक रोगबाट सुरक्षित बन्न सकिने चिकित्सकहरु बताउँछन् । फर्सीमा भिटामिन, पोटासियम तथा म्याग्नेसियम हुन्छ जसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनमा सहयोग गर्छ ।

३, फर्सीको मुन्टाको साग खाँदा आँखा तेजिलो बन्छ । फर्सीको पातमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ । जुन हाम्रो आँखाको लागि राम्रो मानिन्छ । यसले प्रजनन क्षमतामा समेत वृद्धि गर्ने गर्छ । फर्सीको मुन्टाको सागले नष्ट भएको टेस्टीकुलर र स्पर्म बन्ने प्रक्रियालाई मद्दत पुर्याउँछ । जसको मद्दतले प्रजनन क्षमतामा वृद्धि हुन्छ ।

४, फर्सीको पातमा पाइने एन्टी–अक्सीडेन्टले बढ्दै गरेको उमेरलाई छेक्दै जवान देखाउनमा सहयोगी हुन्छ । मानिसहरुमा उच्च कोलेस्ट्रोलको समस्याले पीडा दिएको हुन्छ । तर, कोलेस्ट्रोलको समस्याबाट राहत पाउनका लागि फर्सीको मुन्टाको साग भने निकै उत्तम मानिन्छ । फर्सीको पातमा पाइने फाइबरले कोलेस्ट्रोललाई नियन्त्रण गर्नुका साथै तपाईँको मुटुलाई पनि स्वस्थ राख्नमा सहयोग पुर्‍याउँछ ।

५, यसको सेवनले बढी तौल भएका ब्यक्तिहरु तथा मोटोपन नियन्त्रण गर्न मद्दत गर्छ ।फर्सीको नियमित सेवनले मुटुलाई स्वस्थ राख्नुका साथै ब्लड सुगरको लेभललाई सन्तुलित बनाउन मद्दत गर्छ । राती निन्द्रा नलाग्ने तथा निन्द्रा कम लाग्ने ब्यक्तिहरुलाई निन्द्रा लगाउनमा मद्दत गर्छ । साथै यसको फल मात्र नभएर साग तथा दाना पनि खानमा उपयोगी हुन्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु