काठमाडौ । अफगानिस्तानका लागि अमेरिकी विषेश प्रतिनिधिहरुको टोलीले पाकिस्तानमा सरकारी अधिकारीहरुसँग भेटवार्ता गरेको छ । विषेश प्रतिनिधि जल्मे खलिलजादले पाकिस्तान भ्रमणका क्रममा शुक्रबार सरकारी अधिकारीहरुलाई तालिबानी लडाकूहरुसँग भइरहेको शान्ति वार्ताको पछिल्लो अवस्था जानकारी गराउनु भएको थियो ।

पाकिस्तानस्थित अमेरिकी दूतावासद्वारा जारी वक्तव्यमा विषेशप्रतिनिधि खलिलजादले पाकिस्तानका विदेशमन्त्री शाह मोहम्मद क्युरेशी, प्रधानसेनापती क्वामर जाभेद बाज्वालगायतसँग भेटवार्ता गर्नु भएको उल्लेख गरिएको छ ।

अमेरिकाले तालिवान लडाकूहरुसँग गरिरहेको शान्ति वार्ताको प्रगतिका बारेमा खलिलजादले उहाँहरुलाई जानकारी गराउनु भएको थियो । विषेशप्रतिनिधि खलिलजादले अफगानिस्तान र तालिबानी लडाकूको बीचमा सम्झौता गराउन लागेको र त्यसमा सहयोगको अपेक्षा गरेको पाकिस्तानी अधिकारीहरुसँग बताउनु भएको थियो ।

शान्ति वार्ता सफल भएमा यस क्षेत्रको आर्थिक तथा सुरक्षा मामिलामा हुने फाईदाका बारेमा पनि उहाँहरुबीच छलफल भएको वक्तव्यमा जनाइएको छ ।
तालिबानी लडाकूहरुको तर्फबाट गत आइतबार तीन महिनापछि दोहामा वार्ता गर्ने घोषणा भएको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु