नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


काठमाडौं । लामो समय देखि सामाजिक कार्यमा लागेको नेपाल जर्निले चीतवनमा आधुनिक पुस्तकालय बनाउने भएको छ । सामाजिक कार्यमा निकै सक्रिय नेपाल जर्निको सस्थापक,अध्यक्ष मौषमी श्रेष्ठले झण्डै एक महिना लामो समय बिताएर अमेरिका फिर्ता हुनु भएको छ । नेपालमा रहँदा उहाँले महिला तथा बालबालिकामन्त्री पार्वत गुरुङ लगायतका व्यक्तिहरुसँग भेट गर्नुभएको छ ।

 

भेटका क्रममा उहाँले आफुहरुको योजनाबारे मन्त्री गुरुङलाई जानकारी गराएपछि मन्त्रीले पनि सहयोग गर्ने वचन दिनुभएको श्रेष्ठले जानकारी दिनुभयो । लामो समय देखि अमेरिकामा बस्दै आउँनु भएकी मौसमी श्रेष्ठले १ महिना बढीको नेपाल बसाईमा धेरै उपलब्धिहरु हासिल गरेको प्रतिकृया दिनु भएको छ ।

उहाँले लेख्नु भएको छ, ‘म अमेरिकाबाट दुई उदेश्य लिएर नेपाल आएको थिए आज ति उदेश्य पुरा भएको छ । चितवनमा निमार्ण गर्ने भनिएको परियोजनाको थालनी गर्नु र नेपाल जर्नीको नया टिम निमार्ण गर्नु मेरो दुई उदेश्य थिए । नेपाल बसाईमा यी दुबै उदेश्य पुरा भएको छ ।’ उहाँले अव भरतपुर महानगर वडा नम्वर ४ मा नेपाल जर्नी अपागं मैत्रि बिद्युतिय पुस्तकालय निमार्णका लागी जग्गा प्राप्ती देखि सहमति जुट्ने काम पुरा भएको जानकारी दिनु भएको छ ।

उहाँका अनुसार अव सिलन्यास गरी कामको थालनी हुने भएको छ । उहाँले युवा गोपाल भण्डारीको नेतृत्वमा नेपाल जर्नीको नयाँ समिति निमार्ण भएको पनि जानकारी गराउनु भएको छ । अव यो समितिले चितवनमा पुस्तकालय निमार्णको काम सुरु गर्ने बताइएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
कक्षा ११, १२ परीक्षाको यस्तो छ पछिल्लो अपडेट
तयारी जारी राख्नुहोस् यसरी हुनेछ एसईई परीक्षा
यी हुन् त्रिविका स्थगित गरिएका परीक्षा [सूचीसहित]
कक्षा ११ र १२ को परीक्षा बारे पछिल्लो अपडेट : अनावश्यक हल्लाकोपछि नलाग्न राष्ट्रिय परीक्षा बोर्ड आग्रह
अब यसरी हुनेछ एसईई परीक्षा
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता