काठमाडौं । यो वर्ष मंसिरमा ३४ वर्षको उमेरमा नायिका ऋचा शर्माले विवाह गरेकी छिन् । यो सँगै अरु नायिकाहरुलाई पनि विवाहका लागि मानसिक दबाब आउँन थालेको छ । यस्तै केकी अधिकारी पनि एक नाम हो । उनी निरन्तर चलचित्रमा व्यस्त छिन् । उनी अभिनित चलचित्रले सन्तोषजनक व्यापार गरिरहेका छन् । हाल ‘झिंगे दाउ’मा काम गरिरहेकी यी सुन्दरीले यसपछि ‘चालबाज’मा काम गर्नेछिन् ।

नायिका केकी अधिकारीको बिहे चर्चा पनि चलचित्र बजारमा चल्न थालेको छ । विवाहबारे प्रश्न राख्दा उनले अहिले आफूले साथीहरुको बिहे हेरेर आफ्नो तयारी गरिरहेको बताएकी छिन । ऋचाको विवाहपछि अब चाँडै आँचलको पनि बिहे हुँदैछ । अधिकारीले शर्माको विवाहमा गएको बेला यी कुराहरु खुलाएकी हुन् । कसरी बस्नुपर्छ, के गर्नु पर्दोरहेछ भन्ने सिकिरहेको उनले जवाफ फर्कइन् । नायिका ऋचा शर्माले दिपक्ष विक्रम राणासँग गएको मंसीर २१ गते विवाह गरेकी हुन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://www.youtube.com/watch?v=s5CnDeGiNm0

सम्बन्धित खबरहरु