काठमाडौं । दुई दिन अघिको हिउँदे झरीले बाँकेका किसानले लगाएको अन्नबालीमा ठूलो क्षति पुगेको छ । आवश्यकताभन्दा बढी झरी परेपछि किसानले लगाएको अन्नबालीमा क्षति पुगेको हो । गत शुक्रबार एकाबिहानैदेखि पानी पर्न थालेपछि किसान खुशी भएका थिए तर, उनीहरुको त्यो खुशी साँझसम्म दुःखमा परिणत भइसकेको थियो । “एकाबिहानैदेखि राति ९–१० बजेसम्म अविरल परेको हिउँदे झरीले खेत जलमग्न भयो र त्यहाँ लगाइएका अन्नबाली डुबानमा प¥या”, बाँके जानकी गाउँपालिका–३ इन्द्रपुरका किसान रामफेरन मौर्य भन्नुहुन्छ ।

[caption id="" align="aligncenter" width="1024"] File Photo[/caption]

झरीले बाँकेमा सबैभन्दा बढी मसुरो, चना र केराउ बालीमा क्षति पुगेको छ भने नालाको छेउछाउ र गहिरो खेतमा लगाएको अन्नबालीमा पनि उत्तिकै क्षति पुगेको छ । गहिरो खेतमा अहिलेसम्म पानी जमेको छ । उक्त पानी सुकन दुई÷तीन दिन लाग्ने कृषि प्राविधिकको भनाइ छ । पानीसँगै असिनासमेत परेकाले बढी क्षति भएको खजुरा–२ सीतापुरका अगुवा किसान लालबहादुर खत्रीको दुःखेसो छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

कृषि ज्ञान केन्द्र बाँकेका प्राविधिक अहिले किसानको खेतबारीसम्म पुगेर क्षतिको विवरण सङ्कलन गरिरहेका छन् । प्रारम्भिक तथ्याङ्कअनुसार, बाँकेमा २५ प्रतिशत क्षेत्रफलमा पानीले क्षति पु¥याएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालका अनुसार, गहुँ, मसुरो चना, केराउ बालीमा १५ प्रतिशत क्षति पुगेको छ भने आलु र टमाटरमा १० प्रतिशत क्षति पुगेको छ ।

हिउँदे झरीले प्रत्येक वर्ष किसानको अन्नबालीमा क्षति पुर्याउँदै आएको छ । किसानको सुरक्षाका लागि सरकारले कृषि बीमामा ७५ प्रति अनुदान दिने व्यवस्था पनि गरेको छ, तर यहाँका अधिकांश किसानले बीमा नगरेको प्रमुख ढकाल बताउनुहुन्छ ।

सम्बन्धित खबरहरु