काठमाडौं । सरकारले इतिहासमा नै पहिलो पटक शिक्षकको सरुवा गर्ने भएको छ । सरुवाका लागि दरबन्दी मिलान एवं पुनर्वितरणका लागि किटान गरिएको पालिकागत दरबन्दी विवरण सार्वजनिक गरेपछि अब सरुवा हुने भएको हो । सरकारले शिक्षक दरबन्दी पुनर्वितरण सुझाब कार्यदलले दिएको प्रतिवेदनलाई लत्याएर शिक्षक दरबन्दी मिलान र पुनर्वितरण शुरु गरेको छ ।

विद्यालयस्तरमा शिक्षक दरबन्दी मिलान र पुनर्वितरण गर्नका लागि कार्यदल गठन गरेर सुझाब लिएपनि त्यसको उपेक्षा गर्दै प्रक्रिया शुरु गरिएको हो । सरकारले आगामी शैक्षिक सत्र अगाडि नै सक्ने गरी विद्यालय तह (बालकक्षादेखि कक्षा १२ सम्म) का १ लाख ५२ हजार ५ सय २३ शिक्षकको दरबन्दी मिलान प्रक्रिया शुरु गरेको हो ।

शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माका अनुसार पालिकागत रुपमा दरबन्दी किटान भएको र शुरुमा पालिकागत रुपमै दरबन्दी मिलान र पुनर्वितरण हुने छ । त्यसपछि जिल्ला, प्रदेश हुँदै आवश्यक परेमा संघीयरुपमै दरबन्दी मिलान एवं पुनर्वितरण हुने छ । यसले विद्यार्थी संख्याको आधारमा दरबन्दीको समानुपातिक पुनर्वितरण मात्रै गर्ने शर्मा बताउँछन् ।

https://www.youtube.com/watch?v=16GU0LHCy7w&feature=youtu.be

हेर्नुहोस् विवरण

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु