काठमाडौ । धन कमाउन विदेशी भूमी ताक्ने युवा पुस्ता कम छैनन् । अब हाम्रो सोच बदलिन जरुरी छ । हाम्रै भूमिमा सुन फल्छ भने यही मातृभूमिमा सुन फलाउन पसिना बगाउन तयार हुनुपर्छ । यस्ता विचारहरु आउँने युवाहरुको संख्यापनि बढ्दै गएको छ । जो सबैको प्रेरणाको स्रोत बन्न सक्छन् ।

कुनैबेला देशमा काम पाइएन भन्दै वैदेशिक रोजगारीमा गएका बुढीगंगा गाउँ पालिकाकाका सरोज नेपाल अहिले आफ्नै ठाउँमा व्यवसाय गरेर मनग्गे आम्दानी गर्न थालेका छन् । च्याउ खेतीले उहाँले विदेश फर्किने बाटो बिर्सिसक्नु भएको छ । उहाँको प्रगति देखेर छरछिमेकी समेत दंग छन् । सरोज सानैदेखि कृषि कर्मलाई रुचाउनु हुन्थ्यो । केही व्यवसाय गरेर स्वदेशमै आत्मनिर्भर बन्नुपर्छ भन्ने सोच्नु हुन्थ्यो ।

कक्षा १० मा पढ्दै गर्दा सरोजले गाउँको दूध खरिद गरेर बजारसम्म पुर्याउने काम गर्नुभयो । उहाँले गाउँका किसानले उत्पादन गरेको दूध खरिद गरेर घर घरसम्म पुर्याउने काम गर्नु भयो । यसरी दूध बिक्री गर्दा एक लिटरबाट पाँच रुपैयाँ नाफा हुन्थ्यो । एक वर्ष जति उहाँले त्यही काम गर्नुभयो ।११ कक्षामा पढाइ चलिरहेको थियो । तर सरोजको ध्यान भने किताबभन्दा बढी कृषिमै थियो ।

 

त्यसपछि अब केही न केही व्यवसाय गर्नैपर्छ भनेर सरोजले छिमेकीसँग मिलेर गाउँमै कुखुरा फार्म खोल्नुभयो । एक हजार कुखुराका चल्ला ल्याएर कुखुरा पाल्न थाल्नु भयो । तर रोगको प्रकोप तथा उत्पादनमा आएको गिरावटका कारण एक वर्ष नहुँदै सरोजले त्यो व्यवसाय पनि छाड्नुभयो । मनमा कृषिप्रतिको चाहना घटेको थिएन । १२ कक्षा पढ्दै गर्दा १ लाख ३० हजार रुपैयाँमा सानो हाते ट्याक्टर किनेर गाउँलेहरुका खेत खनजोत गर्न थाल्नु भयो ।

यसबाट पनि सोचेजति फाइदा भएन । दुई वर्ष ट्याक्टर चलाएपछि उहाँले वैदेशिक रोजगारीको बाटो रोज्नुभयो। ‘गरेका सबै काममा भनेजति नाफा भएन, अनि विदेश जाने सोच बनाउनु परेको थियो’ सरोजले सुनाउनु भयो ।गरेजतिका कामबाट भनेजति नाफा नभए पछि घरखर्च चलाउन सरोजलाई गाह्रो भयो । घर परिवारको जेठो छोरा भएको कारण भाइबहिनीलाई पढाउने जिम्मेवारी सरोजकै काँधमा थियो । यसैले विदेशका लागि झोला बोक्नु पर्यो ।

वि.संं २०७० सालमा सरोज यूएईको दुबई पुग्नुभयो । त्यहाँ ‘कस्टुमर केयर’को काम थियो । तर सरोजलाई त्यो काम चित्त बुझेन । कृषिमा रमाएको मन त्यहाँ रमाउन सकेन ।१४ महिनाको दुबई बसाइपछि फेरि उहाँ नेपाल फर्किनु भयो । नेपाल आएपछि घरमा रहेका अरु दुई भाईलाई समेत समेटेर च्याउ खेती गर्नु भएको छ । सबै परिवारमा मिलन छ । उहाँहरुले च्याउ बिक्रिबाट मासिक २ लाखसम्म आम्दानी गर्न थाल्नुभएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु