काठमाडौ । बेला बेला सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षहरुका गतिविधि निक्कै चाख लाग्दा हुन्छन् । खुमलटारसथित पुष्पकमल दाहाल प्रचण्डको निवासमा यस्तै चाखलाग्दो गतिविधि भएको छ । भएको के भने प्रचण्डले आफ्नै निवासमा पूर्वमाओवादी नेताहरुको बैठक बोलाए । त्यहाँ घण्टौसम्म नेताहरुले अध्यक्ष प्रचण्डसँग भलाकुसारी र आफुले जाने बुझेका कुरा प्रचण्डलाई सुनाए ।

जारी स्थायी समिति बैठकमा पूर्वमाओवादीको तर्फबाट समान धारणा राखिनुपर्ने प्रस्तावसहित उनीहरु सोमबार बिहान प्रचण्डलाई अभिभावकको रुपमा सबै खोले । एक बर्षपछि बसेको स्थायी समिति बैठकका क्रममा पूर्वएमाले समूहसँग नझुक्ने गरी अडान राख्न उनीहरुले सुझाए ।

रामबहादुर थापा बादल, हरिवोल गजुरेल, नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, देव गुरुङ, वर्षमान पुन, अग्नि सापकोटा लगायत दर्जन बढी नेताहरु बैठकमा सहभागी थिए । हाल नेकपाको स्थायी समितिमा पूर्वमाओवादीका तर्फबाट १९ जना नेता छन् । तीमध्ये अधिकांश नेताहरु सोमबार खुमलटार पुगेका थिए ।

गत वर्षको स्थायी समिति बैठकमा पनि पूर्वमाओवादीका नेताहरुको तर्फबाट समान धारणा आएको थियो । सोही अनुरुप धारणामा एकरुपता ल्याउनुपर्नेमा उनीहरुको छलफल केन्द्रित थियो ।

बैठकमा नेताहरुले सभामुख पद पूर्वएमालेका लागि छाडिएको बारे जिज्ञासा राखेका थिए । प्रचण्डले भने सभामुखबारे कुनै सहमति भइनसकेको र सामान्य छलफलको रुपमा मात्रै रहेको प्रतिक्रिया दिएका थिए । बैठकमा सहभागी नेताहरुले प्रत्यक्ष निर्वाचित सांसद र स्थायी समितिमा भएकालाई मात्रै सभामुख बनाउन अडान लिनुपर्ने सुझाव दिएका थिए । उनीहरुको यो प्रस्ताव स्थायी समिति बैठकबाट पारित भएमा उपसभामुख शिवमाया तुम्बाहाम्फेका लागि सभामुख बन्ने बाटो बन्द हुनेछ । उनीहरु त्यहीपनि चाहान्छन् । भरसक सभामुख पूर्व माओवादी तर्फ ल्याउँन शक्ति प्रयोग गर्नका लागि प्रचण्डलाई सुझाईएको गोप्य स्रोतको दावी छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु