रितिक अधिकारि । बाराको महागढीमाई नगरपालिका १ बरियारपुरमा लागेको पञ्चवर्षीय गढीमाई मेलामा करिब ६ लाख भेटी चढेको छ । हरेक ५–५ वर्षमा लाग्ने गढीमाई मेलामा चढेको भेटीमध्ये कागजको सबै रुपैयाँ गनिएको गढीमाई मन्दीर सञ्चालन तथा विकास समितिले जनाएको छ ।

करिब एक हप्ता लगाएर गनिएको सो रकम १६ लाख ७० हजार ८ सय ६० रुपैयाँ रहेको गढीमाई मन्दीर सञ्चालन तथा विकास समितिले जनाएको छ । भने गनिएको सो रकमको ४५ प्रतिशत रकम पुजारीलाई दिइएको छ । ७ लाख ५१ हजार रुपैयाँ पुजारी मंगल चौधरीलाई दिईएको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

११ वटा दान पेटीका बाकसमा चढेको भारतीय र नेपाली रुपैयाँ गरि १६ लाख ७० हजार ८ सय ६० रुपैयाँ गनिएको हो । भने गढीमाई मन्दीरमा चढेको सिक्का गन्न बाँकी रहेको छ । सिक्काहरुलाई बाल्टिनमा भरेर भाग लगाइने छ ।

गढीमाईमा चढेको सिक्का करिब १ लाख भन्दा बढी हुन सक्ने गढीमाई मन्दीर सञ्चालन तथा विकास समितिले अनुमान गरेको छ । भेटी गन्दा सिसिटिभि क्यामराको समेत प्रयोग गर्नु परेको थियो । पूजारीलाई दिएर बाँकी रहेको सो भेटी पञ्चवर्षीय गढीमाई मेला मूल समितिको खातामा जम्मा हुने जनाइएको छ ।

यसैविच मंसिर १ गतेदेखी लागेको पञ्चवर्षीय गढीमाई मेला १ महिना लागेर हिजो अर्थात सोमबार सम्पन्न भएको हो । एक महिने लामो मेलामा झण्डै १ करोड मानिसले सहभागिता जनाएको अनुमान गरिएको छ । मेलामा मंसिर १७ गते राँगा बली र १८ गते बोका बली चढाईएको थियो ।

बली चढेका पाडाको टाउको ३ हजार ५ सय रहेको मेला मूल ब्यवस्थापन समितिका महासचिव मोतिलाल कुशवाहाले बताएका छन । यसैगरु ३ लाख भन्दा बढी बोकाको बली भएको अनुमान गरिएको छ । लाखौं परेवाहरु उडाइएको भएपनि संरक्षणको अभावमा परेवाहरु पातलिदै गएका गढीमाई मन्दीर सञ्चालन तथा विकास समितिले जनाएको छ ।

सम्बन्धित खबरहरु