काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले मङ्गलबार पूर्व सभामुख चुङ स्ये क्युनलाई प्रधानमन्त्रीमा नियुक्त गर्न प्रस्ताव गर्नुभएको छ । उहाँको पाँच बर्षे कार्यकालको दोस्रो आधा कार्यकालका लागि उहाँलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गर्नुभएको जनाइएको छ ।

मुख्य प्रशासनीक नेतृत्वदायी जिम्मेबारीलाई प्रधानमन्त्रीको रुपमा क्युनले सफलतापूर्व सम्पन्न गर्ने राष्ट्रपति मुनले विश्वास व्यक्त गर्नुभएको छ । सफल व्यवसायी र बाणिज्य, उद्योग र उर्जा मन्त्रालयसमेतको जिम्मेबारी सफलतापूर्वक पुरा गरिसकेकाले उहाँले यो जिम्मेबारी पनि कुसलतापूर्वक पुरा गर्ने अपेक्षा गरिएको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

उहाँलाई देशको आर्थिक विकास र विपक्षी पार्टीसँगको समन्वयात्मक भूमिकाका लागि उपयुक्त पात्र मानेर प्रधानमन्त्रीमा नियुक्तीका लागि प्रस्ताव गर्नुभएको बताइएको छ । उहाँलाई अव संसदीय सुनावाई पछि मात्रै प्रधानमन्त्रीमा नियुक्त गरिने छ । प्रधानमन्त्रीमा नियुक्त भएमा दक्षिण कोरियामा सभामुखसमेत भएको व्यक्ति प्रधानमन्त्री बन्ने उहाँ नै पहिलो व्यक्ति बन्नुहुने छ ।

सम्बन्धित खबरहरु