काठमाडौं । रत्ननगर नगरपालिकाले सुकुम्वासी समुदायका लागि घर निर्माण शुरु गरेको छ । विभिन्न सङ्घसंस्थासँग सहकार्य गरेर घर बनाउन थालिएको हो । रत्ननगर नगरपालिका–८ बगर टोलमा रहेका सुकुम्वासीमध्ये नौ परिवारका लागि अहिले लुमन्ति आवासका लागि सहयोग समूहको सहकार्य गरेर घर निर्माण कार्य थालिएको छ । पछि सोही बस्तीमा यो सङ्ख्या २६ पु¥याइने छ । नगरपालिकाका प्रमुख नारायण वनका अनुसार घर निर्माणका लागि शुरुमा समूहले ६ प्रतिशत व्याज दरमा ऋण उपलब्ध गराउने छ ।

सो ऋण तिर्नका लागि घर धनीलाई उत्पादनशील क्षेत्रमा नगरपालिकाले अनुदान दिने भएको छ । उनीहरुले नगरपालिकाको सहयोगमा आर्थिक उपार्जन गरी ऋण तिर्नसक्ने वनले जानकारी दिनुभयो । यससँगै सडक, विद्युत्, ढल, घरका लागि आवश्यक काठलगायतका सहयोग नगरपालिकाले गर्नेछ । रु पाँच लाखदेखि रु सात लाखसम्म ऋण दिएर उनीहरुका लागि आकर्षक घर निर्माण गरिँदै छ । सम्पूर्ण घर निर्माण भएपछि सो बस्ती नमुना बस्ती हुने वनको तर्क छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

नगरपालिकाका प्रेस सल्लाहाकार होमनाथ सापकोटाका अनुसार यसअघि मुसहर बस्तीमा २४, रोटरीको सहयोगमा १२, सपना भिलेजको सहयोगमा सात, गायक मिलन लामाको सहयोगमा पाँच वटा घर निर्माण गरिएको थियो । नगरपालिकाभित्र खरको छाना मुक्त बनाई सुरक्षित महसुसका साथ बस्नयोग्य घर बनाउन नगरपालिका लागि परेको छ ।

नगर प्रमुख वनले नगरभित्र एक हजार ५०४ घर धुरी सुकुम्वासी रहेको भन्दै उनीहरुका लागि सुरक्षित घर, शौचालय, गोबर ग्यास र सुन्दर बस्ती निर्माणका लागि सबैसँग सहयोगको आग्रह गरिएको बताउनुभयो । खर र दाउरा आवश्यक नहुने भएपछि वन्यजन्तुको जोखिममा नपर्ने हुँदा निकुञ्ज र स्थानीयबीचको द्वन्द्व घट्ने उहाँको भनाइ थियो ।

सम्बन्धित खबरहरु