रितिक अधिकारि । सर्लाही प्रहरीले सर्लाहीको हरिवन–१ बेलडाँडामा २ बिघा १० कठ्ठा जग्गामा लगाएको ला'गु औ'षध गाँ'जा खेती नष्ट गरेको छ । सर्लाही र सिन्धुलीको सिमानामा पर्ने बेलडाडाँमा अवै'ध गाँ'जा खेती गरेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणी पोखरेल नेतृत्वको टोलीले मंगलबार त्यहाँ पुगेर गाँ'जा न'ष्ट गरेको हो ।

 

सर्लाहीको हरिवन नगरपालिका र सिन्धुलीको हरिहरपुरगढी गाँउपालिकाको सिमानामा पर्ने चुरे क्षेत्रमा केही वर्ष देखि गाँ'जा खे'ती हुने गरेको प्रहरीले दावी गरेको छ।काटेर भित्र्याँउने तयारी अवस्थामा रहेको १० हजार बोट ला'गु ओ'षध गाँ'जा फाडानी गरेर नष्ट गरेको सर्लाही प्रहरीले जनाएको छ।

चुरे तथा भित्री मधेशमा केही वर्ष देखि अवैध ला'गु ओ'षध गाँ'जा खेती ब्यापक हुने गरेको छ। उच्च पहाड भिरालो चुरे तथा खोच जग्गा गाँ'जाको लागि राम्रो मानिन्छ। चिसो हावापानी भएकाले त्यस ठाउँमा गाँ'जा खेती गर्न भारतीय नागारिक समेत त्यहाँ पुग्ने गरेका छन।सिन्धुलीको महाभारत दक्षिणका हरिहरपुरगढी गाँउपालिका, मरिन गाँउपालिका र घ्याङलेख गाँउपालिकामा गाँ'जा खेती हुने गरेको छ।

त्यस ठाउँमा उत्पादन भएको गाँ'जालाइ भारतीय बजारमा पुरयार बिक्री गर्न सहज हुने भएपछि गाँ'जा खेती गर्नेको सख्या बढेको स्थानीयको भनाइ छ। अन्य बालीको तुलनामा गाँ'जा खेतीबाट राम्रो आम्दानी हुने भएपछि किसानहरुले अन्य खेतीलाइ छोडेर गाँ'जा खेती गर्न तस्करलाइ जग्गा भाडामा दिने गरेका छन । गाँ'जा तस्करीले एक कक्ठा जग्गा बराबर ५ हजार देखि ७ हजारसमम्म किसानलाइ रकम तिर्ने गरेका छन ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु