काठमाडौ । नेपाल एकीकरण गर्ने तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मजयन्ती अवसरमा दिदैं आएको विदा अब कटौती भएको छ । तर, गोरखा नगरपालिकाले गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

 

सोमवार सम्पन्न नगर कार्यपालिकाको बैठकले नगरपालिका माताहतका कार्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्णकुमारी श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिका माताहतका कार्यालयहरू, नगरपालिकाकै कार्यालय, वडा कार्यालय, विद्यालय र स्वास्थ्य संस्थामा पुस २७ गते सार्वजनिक बिदा दिने भएको छ ।

श्रेष्ठले भनिन्, ‘प्रदेश र संघ सरकार अन्तर्गतका कार्यालयका लागि होइन, हाम्रो नगरपालिका माताहतका कार्यालयमा मात्र यो निर्णय लागु हुनेछ ।’ गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाहले गोरखाबाट नेपाल एकीकरणको जग बसालेका हुनाले उहाँको सम्मानमा सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु