काठमाडौं । मकवानपुर प्रहरीले गहना चोरी गरेर भाग्दै गरेका एकजनालाई पक्राउ गरेको छ । प्रहरीले गएराति चोरी गरेर भाग्दै गरेको अवस्थामा हेटौँडा– ८ बस्ने १८ वर्षीय साजन पराजुलीलाई पक्राउ गरेको हो ।


हेटौंडा उपमहानगरपालिका–४ स्थित गौरीकुमार मैनाली बस्दै आएको घरमा चोरी भएको भन्ने खबर पाउनासाथ वडा प्रहरी कार्यालय हेटौँडाबाट प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीको नेतृत्वमा खटिगएको टोलीले सामान चोरी गरी भाग्दै गरेको अवस्थामा पराजुलीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

प्रहरीले पराजुलीका साथबाट चन्द्रमा, झुम्का, तिलहरी, मङ्लशुत्र औंठीसहितका सुनका गरगहना र एक थान ल्यापटप बरामद गरेको प्रहरीले जनाएको छ । पराजुलीलाई आज जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारवाही भइरहेको जनाइएको छ

सम्बन्धित खबरहरु