रितिक अधिकारी । तीनदिनदेखि लगातार बढेको चिसोका कारण तराईको जनजीवन नराम्ररी प्रभावित भएको छ । तराईका जिल्लाहरुमा शीतलहर सुरु भएको जल तथा मौसम विज्ञान पुर्वानुमान महाशाखाले जनाएको छ । मंगलबारदेखि अचानक बढेको चिसोका कारण न्यानो कपडा नभएका गरीब,विपन्न,दलीत तथा सुकुम्बासीहरु बढी प्रभावित भएका छन।

तराईका जिल्लाहरुमा बाक्लो हुस्सु लागेका कारण चिसो बढेको छ जसका कारण मानिसहरुघर बाहिर निस्कन सकेका छैनन्। भने काम विषेश बाहेक घर बाहिर ननिस्कन चिकित्सकहरुले सुझाव दिएका छन । यदि निस्कनु परेमा न्यानो कपडा लगाएर निस्कन उनिहरुले आग्रह गरेका छन । तराई क्षेत्रमा बिहान तथा बेलुकाको समयमा पानी परेझैँ शीत पर्ने गरेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

मौसममा परिर्वतन आएर बाक्लो हुस्सु लागेका कारण करिब ४ दिनदेखि घाम समेत लागेको छैन । जसलाई लक्षित गरि न्यायो कपडा नभएका र आगो ताप्न दाउरा तथा मुढाको व्यावस्था नभएको भन्दै केही स्थानिय ठेकेदारहरुले बजारका चोकहरुमा मुढाहरु ल्याएर आगो ताप्ने व्यावस्था गरि दिएका छन ।

मौसम परिवर्ततन भएपछि बढेको जाडोले कठ्यांग्रिएर दिनचार्य कटाउन गार्हो भएको अवस्थालाई मध्य नजर गर्दै स्थानिय समाजसेवी तथा ठेकेदारहरुले मुढा तथा दाउराको व्यावस्था गरि दिएका स्थानिय ठेकेदार राजु योञ्जनले बताउनु भयो। चिसोका कारण मानविय क्षेती नहोस भन्नका लागि स्थानिय ठेकेदारहरु तथा नागरिक अगुवाहरुले बजारका चोकहरुमा मुढा तथा दाउराको व्यावस्था गरि दिएका छन ।

लगातार बढेको चिसोका कारण बजारमा मानिसहरुको चहलपहल पनि दिनप्रतिदिन घटेको कारण व्यापार व्यावसायमा समेत प्रभाव परेको स्थानिय व्यापारीहरुले बताएका छन । भने तराईका केही जिल्लाका विद्यालयहरुमा विद्यार्थीहरु जाडोका कारण आउन छाडेपछि विद्यालयहरुले विदा दिएका छन ।

दिनभर कमाएर बिहान बेलुका छाक टार्ने मजदुरहरुलाई काममा निस्कन समेत मुस्किल परेको गुनासो छ । जिल्ला प्रशासन कार्यलयहरुले वन कार्यलयसंग सहकार्य गरी चिसो प्रभावितहरुको सुरक्षामा ध्यानदिदै समन्वयकारी भुमिका खेली दिन जिल्ला प्रशासन कार्यलय सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन राज जिसीले आग्रह गर्नु भयो।

तर यस सम्बन्धमा स्थानिय तहले कुनै तयारी नगरेको पाईएको छ । चिसो थप बढि रहेको समयमा चिसोबाट बचाउन स्थानिय तहले तादरुकता देखाउन जानकारहरुले आग्रह गरेका छन ।

सम्बन्धित खबरहरु