काठमाडौं । म्याग्दीका एक युवा व्यवसायीले बाटोमा भेट्टाएको नगद र चेकसहितको महत्वपूर्ण सामग्री सम्बन्धित व्यक्तिलाई नै हस्तान्तरण गर्नुभएको छ । अन्नपूर्ण गाउँपालिका–३ दानाकी रिया थापाले बेनीदेखि दानातर्फ जाने क्रममा जीपको झ्यालबाट खसेर बिहीबार अपराह्न हराएका झोला फेला पार्नुभएका रघुगङ्गा गाउँपालिका–२ पञ्चासेका झलक शर्र्माले सम्बन्धित व्यक्तिको खोजी गरी सो सामग्री हस्तान्तरण गर्नुभएको हो ।

[caption id="" align="aligncenter" width="1500"] अन्नपूर्ण गाउँपालिका–३ दानाका रिया थापाको बेनी देखि दानातर्फ जाने क्रममा हराएको नगद सहितको झोला भेट्टाएका रघुगंगा गाउँपालिका–२ का झलक शर्र्माले सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गर्दै । झोलामा रु ५० हजार दूई सय २५ नगद र मोवाईल लगायत सामान रहेको थियो । तस्वीर ः कमल खत्री ÷रासस[/caption]

बेनी–गलेश्वर सडकखण्डअन्तर्गत जलेश्वरको बीच सडकमा भेटिएको सो झोलामा रहेको रु ५० हजार २२५ नगद, ५९ हजार बराबरको बैंकको चेक, दुई थान नेपाली नागरिकताको प्रमाणपत्र, औषधि, मोबाइललगायतका सामग्रीलाई गलेश्वर प्रहरीचौकीमा जनप्रतिनिधिको रोहवरमा शर्माले सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउनुभएको थियो । अहिलेको स्वार्थी संसारमा यस्तो महान कार्य गरेको भन्दै सामाजिक सञ्जालमा यो तस्बिर खुबै सेयर भइरहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

बेनीमा मेघावान कन्ट्रक्सन व्यवसाय सञ्चालन गर्दै आउनुभएका शर्माले मोटरसाइकलमार्फत यात्रा गर्दा सडकमा झोला भेटिएको थियो । भेटिएको झोलामा नगद, चेक, मोबाइल र नागरिकतालगायतका महत्वपूर्ण कागजात देखेपछि सम्बन्धित व्यक्तिको खोजीमा लाग्नुभएका आचार्यले चेकको पछाडि लेखिएको मोबाइल नम्बरमार्फत सम्बन्धित मान्छे पत्ता लगाउनुभएको थियो ।

“शुरुमा चेक नम्बरमा रहेको मोबाइल नम्बरमा सम्पर्क गरेँ, फोन उठाउँदासम्म उहाँलाई आफ्नो सामान हराएको जानकारीसमेत रहेनछ, पछि तपाईको सामग्री हेर्नुहोस्भन्दा उहाँले झोला हराएको थाहा पाउनुभयो, उहाँले भनेका आफ्नो झोलामा रहेका सामान र भेटिएको झोलामा रहेका सामान मिलेपछि प्रहरी र जनप्रतिनिधिको रोहवरमा हस्तान्तरण गरेको हुँ”, शर्माले भन्नुभयो ।

जीप चढेर बैसरीमा पुग्नुभएकी थापा आफ्नो सामान हराएर पनि कसैले फेला पारेको सूचना पाएसँगै सामान बुझ्नका लागि आँखाबाट आँशु खसाल्दै गलेश्वर फर्कनुभएको थियो । आफ्नो हराएको सामग्री फेला पारी उपलब्ध गराएकोमा उहाँले शर्मालाई धन्यवाद ज्ञापन गर्नुभयो । हराएको सामग्री फेला पारेर आफैँले सम्बन्धित मान्छे खोजी गरी सामान फिर्ता गरेर शर्माले इमान्दारिताको नमूना कार्य गरेको भन्दै बनेपा–९ का वडाध्यक्ष बेलबहादुर चोखालले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

सम्बन्धित खबरहरु