रासस/सिन्ह्वा । भारतको संसदले ल्याएको नागरिकता सम्बन्धी कानुनमा मुस्लिम समुदायलाई धार्मिक रूपले विभेद गर्ने गरेको भनी केही दिनयतादेखि जारी रहेको आ'न्दोलनमा तीन जनाको ज्या'न गएको छ । राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारअनुसार बिहीबारको आ'न्दोलनका क्रममा त्यहाँ कम्तीमा पनि तीन जनाको ज्या'न गएको छ भने अरु सयौँ प्रदर्शनकारी पक्राउ परेका छन् ।

अधिकारीहरुले दिएको जानकारी अनुसार आ'न्दोलनकारीहरुमाथि प्रहरीले च'लाएको गो'ली ला'गेर कर्नाटकामा दुई जना र उत्तर प्रदेशमा एकजना प्रदर्शनकारीको ज्या'न गएको छ । भारतका सञ्चारमाध्यमहरुले शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो पछिल्लो निर्णयका कारण अहिलेसम्मकै सबैभन्दा कडा र ठूलो संख्यामा नागरिक सहभागी भएको विरोध खेप्नुपरेको समाचार सम्प्रेषण गरेका छन् ।

हुनत सो कानुन पारित हुनुअघि नै विशेषगरी आसाममा निकै धेरै संख्याका नागरिक उपस्थित भएर विरोध गरेका थिए । तर सो विरोधको वास्ता नगरी सरकारले कानुन पारित गरेपछि यहाँका विपक्षीहरूको समेत तीव्र विरोध भएको हो ।

बिहीबार सरकारले विभिन्न क्षेत्र र प्रदेशमा विरोध जु'लुश नै निकाल्न नपाउने गरी प्रतिबन्ध लगाएको छ । त्यसैगरी भारतका विभिन्न राज्यमा भएको प्रदर्शनमा प्रहरीले व्यापक ध'रप'कड पनि गरेको छ । शुक्रबार पनि विरोध प्रदर्शनहरु जारी रहेको र पछिल्लो केही दिनयता यहाँको विरोध प्रदर्शनले हिं'सा'त्मक रूप लिएको बताएका छन् । भारतका केही स्थानमा क'र्फ्यू नै लगाइएको बताइएको छ ।

उत्तरप्रदेशको लखनउमा प्रदर्शनकारीले मध्यगञ्जमा रहेका एक प्रहरी कार्यालयबाहिर रोकेर राखिएका गा'डी ज'ला'एका थिए । त्यस क्रममा २० जनाभन्दा बढी पक्राउ परेका छन् । यहाँको विरोध प्रदर्शन शुक्रबारसम्म हेर्दा कम्तीमा पनि १० वटा प्रदे'शमा जारी रहेको छ । तर पनि अधिकारीहरुले उत्तर प्रदेश, नयाँ दिल्लीका केही भागहरु, कर्नाटका, गुजरात, तेलङ्गना र मध्यप्रदेशका अधिकांश नगरहरुमा विरोध प्र'दर्शन नै गर्न न'पाउने गरी नि'षेधाज्ञा नै जारी गरेको छ ।

त्यसैगरी बेङ्गलुरुमा भने सरकारले क'फ्र्यू नै जारी गरेको छ । यहाँ प्रदर्शनकारीहरुले हिं'सा म'च्चाउन लागेको भन्दै प्रहरीले नि'षेधा'ज्ञा जारी गरेको हो । त्यस स्थानमा हिजो प्रहरीको गो'ली ला'गेर प्रदर्शनकारीको नि'धन भएको थियो भने केही घाइते भएका छन् । शुक्रबारको प्रदर्शनका क्रममा राजधानी नयाँदिल्लीको लाल किल्लाबाट १ हजार २ सयभन्दा बढी प्र'दर्शनकारीलाई प'क्राउ गरेको छ ।  उक्त प्रद'र्शनका क्रममा केही सामाजिक अभियन्ताहरु पनि नियन्त्रणमा लिइएको अधिकारकर्मीहरुले जानकारी दिएका छन् ।

त्यसैगरी प्राप्त अर्को एक समाचारमा राजधानी दिल्लीमा विरोधको क्रम तीव्र तथा आ'क्रा'मक हुँदै गएपछि केही क्षेत्रमा दिउँसो करिब चार घन्टाजति इन्टरनेट सेवा नै बन्द गरिएको थियो ।  हवाई अधिकारीहरुका अनुसार बिहीबारको विरोध प्रदर्शनको क्रम आ'क्रा'मक बन्दै गएपछि मुख्य सडकहरु बन्द भएका र यसका कारण दिल्लीको हवाई सेवा पनि प्रभावित भएको थियो ।  अधिकारीहरुले बिहीबार दिउँसोका केही उडान नै स्थगित भएका जनाएका छन् ।

प्र'तिब'न्धित स्थानमा नागरिकलाई सार्वजनिक ठाउँमा भेला हुन पनि दिइएको छैन । कुनै स्थानमा पाँच जना भन्दा बढी मानिस जम्मा हुनेबित्तिकै प्रहरीले ल'खेटि'रहेका समाचारहरु आइरहेका छन् । तर नागरिकतासम्बन्धी सो विधेयकको समर्थनमा निस्किएका व्यक्तिलाई भने प्रहरीले केही गरेको छैन । उता अधिकारीहरुले शुक्रबार पनि बिहानैदेखि विरोध प्र'दर्शन शु'रु भएको बताएका छन् ।

यस विषयमा थप विवरण भने आएको छैन । आज पनि प्रहरीको ध'रपक'ड हुने तथा उक्त विधेयकको विरोधमा जु'लुशहरु नि'स्किने क्रम जारी नै रहने प्रदर्शनकारीहरुले जनाएका छन् । प्रमुख विपक्षी दल भारतीय काँग्रेसले यो विरोध प्रदर्शनमा प्रहरीले गरेको व्यापक ध'रपक'डका साथै विभिन्न स्थानमा गरिएका निषेधाज्ञाले सरकारलाई ला'ज लाग्नुपर्ने बताएको छ । तर प्रधानमन्त्री नरेन्द्र मोदीले भने यस्ता वि'रोध प्र'दर्शनको कुनै अ'र्थ नरहेको भन्दै विरोधका कामलाई राजनीतिकरण नगरी शान्त रहन सबैलाई आग्रह गर्नुभएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु