काठमाडौं । आर्थिक लाभका लागि आफ्नै मामाले भाञ्जाहरुलाई नि'यन्त्रणमा लिएको खुल्न आएको छ । प्रहरीले नि'यन्त्रणमा परेका तीन बालबालिकाको उद्धार गरेको जानकारी दिएको छ । ३० मंसिरमा सामाखुसीबाट नियन्त्रणमा लिइएका उनीहरूको टोखाबाट मंगलबार उद्धार गरिएको थियो ।

 

३ लाख रुपैयाँ फि'रौती माग्दै मामा नाता पर्नेहरुले फोन गरेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर बालबालिको उद्धार गरेको हो । प्रहरीका अनुसार बालबालिकालाई कैलाली धनगढीका २४ वर्षीय आशिष सिजापतिसहित तीन जनाको समूहले ‘तिम्री ममीले तिमीहरूलाई होटलमा लगी राख्नू भन्नुभएको छ’ भन्दै नियन्त्रणमा लिएका थिँए । सिजापती र ति बालबालिकाको पुरानै चिनजान थियो र बालबालिकाले मामा भनेर सम्बोधन गर्थे ।

सिजापतिले बालबालिकाकी आमालाई दिदी भनेर सम्बोध गर्थे । उनीहरूले काठमाडौंको टोखा नगरपालिका ९, शान्तिटोलमा रहेको होटल ब्लु स्टारको कोठा नम्बर ४०४ मा बालबालिकालाई राखेका थिँए । मंगलबार बालककी आमालाई बच्चाहरूकै नम्बरबाट फोन गरी ३ लाख रुपैयाँ फिरौती मागेपछि सबै कुराको रहस्य खुलेको हो ।

 

उनीहरुसँगै प्रहरीले २८ वर्षीय विनोद थापामगर र होटल सञ्चालकलाई नियन्त्रणमा लिएको छ । ति आमाले आफन्तको सामाखुसीस्थित कोठामा छोराछोरी राखेर आफु पोखरा गएको बताइएको छ । बच्चाहरु विद्यालय जाँदै गर्दा नियन्त्रणकारीहरुले फकाएका थिँए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु