काठमाडौं । मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाले अझै पनि आफ्नो पहिचान समाजलाई दिन सकेका छैनन् । विश्वास नेपालले यहाँ आयोजना गरेको रेष्टुराँ श्रमिक महिलाको हकहितका लागि हाम्रो आवाज पेशागत हिं'सामुक्त समाज भन्ने कार्यक्रममा सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधि, प्रहरी, जनप्रतिनिधिलगायतले यो पेशामा संलग्नको आत्मसम्मान आवश्यक रहेको औंल्याएका छन् ।

[caption id="" align="aligncenter" width="2000"] File Photo[/caption]

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मानबहादुर बुढाले रात्रिकालीन व्यवसायलाई व्यवस्थित बनाउनुपर्ने बनाउनुभयो । “यौ'नसम्बन्धी कुरालाई कानूनी मान्यता दिएको छैन”, अधिकृत बुढाले भन्नुभयो । गैरसरकारी संस्था महासङ्घका अध्यक्ष प्रदीप डङ्गोलले हरेक व्यक्तिले अब आफूले गरेको कामले समाजमा कस्तो परिवर्तन आएको छ भन्ने कुरा बुझ्नुपर्ने बताउनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

जिल्ला समन्वय समिति काठमाडौँका उपप्रमुख सरिता दाहालले समृद्ध नेपाल निर्माणका लागि पेशा र आयआर्जन क्षेत्रलाई उचित सम्मान हुनुपर्ने जानकारी दिनुभयो । स्वतन्त्र सामाजिक परीक्षण बालमुकुन्द आचार्यले विभिन्न क्षेत्रमा काम गर्ने पेशागत श्रमिकको सम्मान हुनुपर्ने धारणा औँल्याउनुभयो । विश्वास नेपालका अध्यक्ष तारा भण्डारीले महिला श्रमिकमाथि हुने शो'षण अन्त्यका लागि सम्बद्ध पक्षहरुसँग सहकार्य गर्दै मर्यादितरुपमा काम गर्ने वातावरण निर्माण बनाउनुपर्ने धारणा राख्नुभयो ।

सम्बन्धित खबरहरु