काठमाडौं । गुल्मीको इस्मा गाउँपालिका–३ तोरीपाटामा गोठमा आगो लाग्दा एक जनाको ज्यान गएको छ । स्थानीय चिन्ताबहादुर सार्कीको गोठमा शुक्रबार राति अचानक आगलागी हुँदा एक अपरिचित व्यक्तिको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्रबहादुर खड्काले जानकारी दिनुभएको ।

आगलागीमा परी ज्यान गुमाएका व्यक्तिको श'व पहिचान हुन सकेको छैन । घरका कुनै पनि व्यक्ति गोठमा नसुतेका कारण श'व कसको हो भन्नेबारेमा अझै जानकारी नभएको बताइएको छ । घटनाको जानकारी पाएपछि आज बिहान इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । आगलागीबाट गोठमा रहेका भैँसी र गोरुसमेत ज'लेर घाइते बनेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु