काठमाडौं । कश्मीरका कारण पछिल्लो समय भारत र मलेशियाको सम्बन्ध बिग्रेको छ । यो बीचमा मलेशियाका प्रधानमन्त्री महाथिर मोहम्मदले भारतमा चर्किरहेको नयाँ नागरिकता कानुनको विषयमा भारतको विरुद्धमा धारणा दिनु भएको छ । यस अभिव्यक्तिमा भारतले कडा आपत्ति जनाएको छ ।

भारतीय विदेश मन्त्रालयले यस कानुनलाई भारतको आन्तरिक मुद्दा बताउँदै महाथिरको अभिव्यक्ति गलत भएको भनेको हो । भारतीय विदेश मन्त्रालयले नयाँ नागरिकता कानुनले कसैलाई पनि असर नगर्ने जनाएको छ । जुनसुकै धर्मका भए पनि कुनै पनि भारतीय नगारिकलाई यसले असर नगर्ने भारतीय विदेश मन्त्रालयले जनाएको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

मलेशियामा भएको एक कार्यक्रममा चाहिँ मलेशियाका प्रधानमन्त्री महाथिरले भारतले आफ्नै मुसलमान जनताको नागरिकता खोस्न खोजेको आरोप लगाउँदै आपत्ति जनाउनु भएको थियो । यसले यो क्षेत्रमा नै अस्थिरता बढाउने उहाँले बताउनु भएको थियो । भारतको यस कदमप्रति पाकिस्तानले सुरु देखि नै विरोध गर्दै आइरहेको छ ।

सम्बन्धित खबरहरु