सप्तरीमा एक किसानको बारीमा देखिएको यो दृश्यले सबैको होस उडायो


काठमाडौं । विश्वबाट नै विस्तारै लोप हुँदै गइरहेको अजिंगर नेपालमा फेला परेको छ । सप्तरीमा २५ किलो तौल भएको ९ फिट लामो अजिंगर फेला परेको हो । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहमा शनिबार नौ फिट लामो एक अजिंगर फेला परेको जानकारी दिइएको छ । स्थानीय सुधीर झाको बारीमा ९ फिट लम्बाई र २५ किलो तौलको अजिगंर भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय भारदहको टोलीले अजिंगर नियन्त्रणमा लिई वन्यजन्तु आरक्षण पथरी सेक्टरको रेञ्ज पोष्टको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । यसअघि कार्तिक १३ गते हनुमाननगर कंकालिनी नगरपालिका–१२ स्थित कोशी बाँधमा १५ किलो तौल भएको अजिंगर फेला परेको थियो । यस्तै कार्तिक १० गते तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीस्थित खाँडो खोलामा करिब ७ फिट लम्बाई भएको १२ किलो तौलको अजिंगर फेला परेको थियो । अजिंगरलाई विश्वको सबैभन्दा ठुलो सर्पको प्रजाति मान्ने गरिएको छ । उचित आहरको कमिमा विस्तारै लोप हुँदै गइरहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
कोरोना महामारीका कारण रोकिएको परीक्षाबारे त्रिविका परीक्षा नियन्त्रकले पुनः दिए यस्तो बयान
त्रिविले परीक्षा नलिई माथिल्लो सेमेस्टर पढाउने    
कोरोना महामारीका कारण काठमाडौँ विश्वविद्यालय पनि बन्द
परीक्षा बारे त्रिवि बल्ल औपचारिक रुपमा बोल्यो
यस्तो महत्वपूर्ण विषयमा त्रिविले जारी गर्यो तीन वटा विज्ञप्ति [विज्ञप्तिसहित]
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता

सूचना विभाग दर्ता प्रमाणपत्र नं. ८३१/074-75
संचालक / सम्पादक : इन्द्र प्रसाद आचार्य

        || थप...