काठमाडौं । जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी नै यहाँका बिरामीलाई समय–समयमा रगत दिन बाध्य भएका छन् । कर्णाली प्रतिष्ठानमा रगत अभाव भएका बेलामा कर्मचारीसमेत काम लाग्ने गरेका छन् । “प्रतिष्ठानमा निकै सिकिस्त बिरामी आउँछन् । रगत नपुग्दा मान्छेको ज्यान जोगाउनुपर्छ, रगत नपाइएको समयमा त्यसै टिक्न नसकिने भएकाले पटक–पटक रगत दिने गरेका छौँ”, प्रतिष्ठानको श'ल्यक्रिया थिएटरमा कार्यरत स्वास्थ्यकर्मी राजबहादुर खत्रीले भन्नुभयो । उहाँले अहिलेसम्म छ वर्षमा २५ पटक रक्तदान गरिसकेको बताउनुभयो ।

पातारासी गाउँपालिकाका–२ का रिउली बुढाको पाठेघर बाहिर बच्चा भएकाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सफल श'ल्यक्रिया भयो । श'ल्यक्रियापछि रगत अभाव भएकाले रगत नभेटिएपछि आफूले रगत दिएको खत्रीले बताउनुभयो । खत्रीजस्तै अस्पतालका धेरै स्वास्थ्यकर्मी र कर्मचारी रगत अभावको पीडामा छटपटाइरहेका बिरामीका लागि रक्तदाता भएका छन् । त्यहाँका चिकित्सकदेखि कार्यालय सहयोगीसम्मले मिल्ने रक्त समूह भएमा बिरामीको पीडालाई मध्यनजर गर्दै पटक–पटक रगत दिइरहेका देखिन्छन् । प्रतिष्ठानले ब्लड बैंकसमेत सञ्चालन गरेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

आफ्नै ब्लड बैंक सञ्चालन गरेकाले केही सजिलो भएको प्रमुख विवेक पुन मगरले बताउनुभयो । आजभोलि रगत खासै अभाव नभएको तर रगत दिएपछि राम्रो हँुदैन भन्ने मानसिकताले अस्पतालका कर्मचारीले बढी नै रगत दिने गरेको प्रयोगशाला इन्चार्ज पुनले जानकारी दिनुभयो । आफूले समेत १६ पटक रगत दिइसकेको पुनले बताउनुभयो । यसैगरी अस्पतालका प्राविधिक, प्रशासनिकदेखि सबै कर्मचारीले पटक–पटक रगत दिएर बिरामीको ज्यान जोगाउने काम भएको छ ।

यस्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले समेत प्रतिष्ठानका बिरामीका लागि ब्लड बैंक भएका छन् । कतिपय बिरामीलाई त स्थानीय प्रशासनका कर्मचारीले समेत रगत अभाव भएको समयमा रगत दिएको उदाहरण छन् । केही महिनाअघि प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले पनि रक्तदान गर्नुभएको थियो । एकपटक दिएको रगत ३५ दिनसम्म मात्रै मिति हुने भएकाले पनि समस्या हुने गरेको प्रयोगशाला प्रमुख पुनले बताउनुभयो ।

सामाजिक अभियान तथा जनचेतना अभिवृद्धि गरेमा ब्लड बैंकमा रगत मौज्दात हुनसक्ने उहाँको भनाइ छ । कतिपय समयमा भने विभिन्न अभियानमा रगत दिने समाजसेवी व्यक्तिसमेत भेटिन्छन् । पटक–पटक प्राज्ञिक विद्यार्थी परिषद्ले समेत रक्तदान गर्दै आएको छ । पछिल्लो समयमा परिषद्का नौ विद्यार्थीले अस्पताललाई रक्तदान गरिएको अगुवा शारदा पछाईँले बताउनुभयो । “प्रतिष्ठानमा ब्लड बैंक छ तर रगत दिनेहरुको सङ्ख्या बढाउन जनचेतना गर्न आवश्यक छ”, उहाँले भन्नुभयो । रासस

सम्बन्धित खबरहरु